उच्च अदालतले पनि छोड्न मानेन रविलाई, माग्यो कैफियत प्रतिवेदन « Khabarhub

उच्च अदालतले पनि छोड्न मानेन रविलाई, माग्यो कैफियत प्रतिवेदन


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उच्च अदालत दाङको बुटवल इजलासले पनि सहकारी ठगीमा हाल नख्खु जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई छाड्न अस्वीकार गरेको छ ।

रविको रिहाइ माग गर्दै पत्नी निकिता पौडेल लामिछानेले दिएको निवेदनमाथि सुनुवाइ सकिएपछि न्यायाधीश सागर विष्टको इजलासले कैफियत प्रतिवेदन माग्ने आदेश दिएको हो ।

निकिताले उच्च अदालत तुलसीपुर बुटवल इजलासमा रिट निवेदन दिएकी थिइन् ।

बिगोबमोजिमको धरौटी बुझाएर रिहाइको माग गर्दै लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए ।

यसअघि जिल्ला अदालत रुपन्देहीले त्यही प्रकृतिको निवेदनमा मागबमोजिमको आदेश दिन अस्वीकार गरेको थियो ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछाने विगत ४ महिनादेखि थुनामा छन् । हाल लामिछानेलाई नख्खु कारागारमा कैदीका रुपमा राखिएको छ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  १ : ३४ बजे

टप एण्ड टी–२० : आज नेपाल ‘ए’ले भिक्टोरिया सिए–११ विरुद्ध खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एण्ड टी–२० सिरिजमा आज

रसुवा बाढीपछि कहाँबाट कति सहयोग प्राप्त भयो ?

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको बाढीका कारण रसुवा,

मिथिलाको सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न

महोत्तरी– मधेसको मिथिला क्षेत्रमा मनाइने सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न भएको

बाढीपीडितका लागि चौधरी फाउन्डेसन र नबिल बैंकबाट १५ करोडको राहत, पुनर्स्थापना कार्यक्रम ल्याउने

काठमाडौँ– रसुवामा यही भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित

विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा गत बुधबार बिहान आएको बाढीका कारण