ऊर्जामन्त्री र तीन सचिवबीच कार्यसम्पादन सम्झौता, शतप्रतिशत नतिजा ल्याउन मन्त्री खड्काको निर्देशन | Khabarhub Khabarhub

ऊर्जामन्त्री र तीन सचिवबीच कार्यसम्पादन सम्झौता, शतप्रतिशत नतिजा ल्याउन मन्त्री खड्काको निर्देशन


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ का लागि कार्यसम्पादन सम्झौता गरेको छ। मन्त्री दीपक खड्का र मन्त्रालयअन्तर्गतका तीन सचिवबीच बुधवार सम्पन्न सम्झौतामा योजनागत कामलाई परिणाममुखी बनाउन प्रतिबद्धता व्यक्त गरिएको हो ।

सम्झौतामा ऊर्जा सचिव सुरेश आचार्य, जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडी तथा जल तथा ऊर्जा आयोग सचिवालयका सचिव दिनानाथ मिश्र सहभागी भएका थिए । कार्यक्रममा मन्त्री खड्काले गत वर्षको अनुभवलाई आधार बनाएर यस पटक सम्झौतामा उल्लेखभन्दा बढी उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरे ।

‘बजेट र स्रोत सुनिश्चित भइसकेका आयोजना ढिलाइ नगरी अघि बढाउनुपर्छ। सचिव र आयोजना प्रमुखले अझ सक्रिय भूमिका खेल्नुपर्ने समय आएको छ,’ मन्त्री खड्काले भने । उनले अनलाइन प्रणालीमार्फत नियमित रिपोर्टिङ गर्ने व्यवस्था मिलाउने र प्रत्येक हप्तामा प्रगति मूल्याङ्कन गर्ने योजना पनि अघि सारे ।

मन्त्री खड्काले अन्तरमन्त्रालय तथा मन्त्रालयभित्रका विभागीय समन्वयलाई मजबुत बनाउनुपर्ने आवश्यकता औंल्याउँदै समयमै काम सम्पन्न गर्न प्रतिबद्ध हुन निर्देशन दिए । ‘देश बनाउने जिम्मा हामी सबैको हो। क्षमताको पूर्ण सदुपयोग गर्दै परिणाम निकाल्नुपर्छ,’ उनको भनाइ थियो ।

यसअघि साउन २९ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग ऊर्जा मन्त्री खड्काबीच पनि आगामी वर्षको कार्यसम्पादन सम्झौता भएको थियो ।

मूल्याङ्कन प्रतिवद्धतामूलक हुने भएकाले कामको प्रत्यक्ष परिणाम देखिनेगरी अघि बढ्नुपर्ने सिँचाइ सचिव सरिता दवाडीले बताउनुभयो ।

 उनले शतप्रतिशत प्रगतिलक्ष्य हासिल गर्ने दृढता व्यक्त गर्नुभयो। त्यस्तै सचिव दिनानाथ मिश्रले पनि सम्झौतामा उल्लेखित लक्ष्य कार्यान्वयन गर्दै संस्थाको उद्देश्य पूरा गर्न सबै पक्ष एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा मन्त्रालयका विभिन्न महाशाखा प्रमुख र विभागीय महानिर्देशकहरूले पनि आफ्ना-आफ्ना क्षेत्रसँग सम्बन्धित कार्यसम्पादन सम्झौता गरेका थिए ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  २ : २५ बजे

इजरायली आक्रमणमा छ सिरियाली सैनिकको मृत्यु, दमास्कसद्वारा निन्दा

दमास्कस – सिरियाले इजरायली ड्रोन आक्रमणमा छ सैनिकको मृत्यु भएको

जुवातास खेल्ने ९ जना पक्राउ, दुई लाख भन्दा धेरै रकम बरामद

काठमाडौं – प्रहरीले जुवा तास खेल्ने, खेलाउने गरेको अभियोगमा नौ

हराएकी ‘कबड्डी मैया’ ‘रिमै’मा भेटिइन् !

काठमाडौं – ‘जे लेखिएको छ त्यो भएरै छाड्छ’ भन्ने भनाइ

भारतमाथि ५० प्रतिशत अमेरिकी शुल्क लागू : गहना र कपडाको माग ७० प्रतिशत घट्ने डर, हजारौँको रोजगारी संकटमा

नयाँदिल्ली- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ३० जुलाईमा भारतमाथि २५ प्रतिशत