रेयरलाई शीर्ष नायक लिएर ‘महादशा’बाट निर्देशनमा डेब्यू गर्ने किरणको घोषणा « Khabarhub

रेयरलाई शीर्ष नायक लिएर ‘महादशा’बाट निर्देशनमा डेब्यू गर्ने किरणको घोषणा


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक रेयर राईलाई शीर्ष भूमिकामा लिएर निर्माता किरण नेपालीले फिल्म निर्देशनमा डेब्यू गर्ने भएका छन् ।

किरणले जमलमा बुधबार एक कार्यक्रमको आयोजना गरी फिल्म ‘महादशा’ निर्माणको औपचारिक घोषणा र आफूले निर्देशनमा डेब्यू गर्ने जानकारी दिएका हुन् ।

उक्त कार्यक्रममा फिल्मको प्री–टिजर सार्वजनिक गरिएको थियो । त्यसमा भने कलाकार प्रमोल अग्रहरी, प्रेमा लामगाढे र हाकिम गुरुङलाई प्रस्तुत गरिएको छ । हाकिमले कलाकारको रुपमा यही फिल्मबाट डेब्यू गर्दैछन् ।

निर्माण पक्षले शीर्ष नायक मध्येका एक रेयरलाई मात्रै सार्वजनिक गरिएको छ । अन्य दुई शीर्ष नायकको भने सार्वजनिक गर्न बाँकी रहेको बुझिएको छ । निर्माण पक्षले पनि अन्य कलाकारहरु बिस्तारै सार्वजनिक गर्ने बताएको छ ।

किरण फिल्म निर्माणमा संलग्न थिए । यसबाट उनले निर्देशनको नयाँ अध्याय सुरु गरेका हुन् ।

उनका अनुसार यो फिल्मको छायाङ्कन मिति चाँडै नै टुंगो लाग्नेछ । छायाङ्कन पूरा भएपछि मात्रै प्रदर्शन मिति सार्वजनिक गर्ने योजनामा उनी रहेका छन् ।

मनिष गौतमले यो फिल्म लेखेका हुन् । निर्माण पक्षका अनुसार संस्कृति, अध्यात्म, समाजमा विद्यमान रहस्यमय घटनाक्रम, मानिसको जीवनमा ग्रह–नक्षत्र र कर्मको प्रभावलाई समेटेर यस फिल्मको कथा लेखिएको छ ।

लेकाली इन्टरटेन्मेन्टले ब्यानरमा बन्ने यस फिल्मको निर्माता राज के. शाह, श्याम मगर र अमला देवी राई हुन् ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  २ : २९ बजे

तीनदीनसम्म देशभर मौसम सक्रिय नरहने

काठमाडौं– हाल तीनदीन सम्म देशभर मौसम सक्रिय नरहने जल तथा

२४ घण्टामा विपद्का ४९ घटना : तीन जनाको मृत्यु, १९ घाइते

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर मनसुनजन्य विपद्का ४९ वटा घटना

बिहानैबाट खोज्न थालियो भोटेकोसीमा चालकसहित बेपत्ता गाडी

काठमाडौं–  शनिबार भोटेकोसी नदीमा चालकसहित खसेको गाडीको बिहानै देखि खोजी

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

हङकङ– शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि ग्वाङडोङ

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

जनकपुरधाम– प्रतिबन्धित लागूऔषध नियन्त्रणका लागि प्रहरीले मधेस प्रदेशमा विशेष अभियान