रेयरलाई शीर्ष नायक लिएर ‘महादशा’बाट निर्देशनमा डेब्यू गर्ने किरणको घोषणा « Khabarhub

रेयरलाई शीर्ष नायक लिएर ‘महादशा’बाट निर्देशनमा डेब्यू गर्ने किरणको घोषणा


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक रेयर राईलाई शीर्ष भूमिकामा लिएर निर्माता किरण नेपालीले फिल्म निर्देशनमा डेब्यू गर्ने भएका छन् ।

किरणले जमलमा बुधबार एक कार्यक्रमको आयोजना गरी फिल्म ‘महादशा’ निर्माणको औपचारिक घोषणा र आफूले निर्देशनमा डेब्यू गर्ने जानकारी दिएका हुन् ।

उक्त कार्यक्रममा फिल्मको प्री–टिजर सार्वजनिक गरिएको थियो । त्यसमा भने कलाकार प्रमोल अग्रहरी, प्रेमा लामगाढे र हाकिम गुरुङलाई प्रस्तुत गरिएको छ । हाकिमले कलाकारको रुपमा यही फिल्मबाट डेब्यू गर्दैछन् ।

निर्माण पक्षले शीर्ष नायक मध्येका एक रेयरलाई मात्रै सार्वजनिक गरिएको छ । अन्य दुई शीर्ष नायकको भने सार्वजनिक गर्न बाँकी रहेको बुझिएको छ । निर्माण पक्षले पनि अन्य कलाकारहरु बिस्तारै सार्वजनिक गर्ने बताएको छ ।

किरण फिल्म निर्माणमा संलग्न थिए । यसबाट उनले निर्देशनको नयाँ अध्याय सुरु गरेका हुन् ।

उनका अनुसार यो फिल्मको छायाङ्कन मिति चाँडै नै टुंगो लाग्नेछ । छायाङ्कन पूरा भएपछि मात्रै प्रदर्शन मिति सार्वजनिक गर्ने योजनामा उनी रहेका छन् ।

मनिष गौतमले यो फिल्म लेखेका हुन् । निर्माण पक्षका अनुसार संस्कृति, अध्यात्म, समाजमा विद्यमान रहस्यमय घटनाक्रम, मानिसको जीवनमा ग्रह–नक्षत्र र कर्मको प्रभावलाई समेटेर यस फिल्मको कथा लेखिएको छ ।

लेकाली इन्टरटेन्मेन्टले ब्यानरमा बन्ने यस फिल्मको निर्माता राज के. शाह, श्याम मगर र अमला देवी राई हुन् ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  २ : २९ बजे

चितवन महोत्सव : हात्तीलाई १५ परिकारको भोज खुवाएर सम्पन्न (तस्बिरहरू)

काठमाडौं– चितवनको पर्यटकीय नगरी सौराहामा जारी १९औँ चितवन हात्ती तथा

बागमती प्रदेशमा राष्ट्रियसभा निर्वाचनको तयारी तीव्र

बागमती– निर्वाचन आयोगले आगामी माघ ११ गते हुने भनिएको राष्ट्रियसभा

अक्षय खन्नाले ‘दृश्यम ३’ छोडेपछि निर्माता मंगलतले जारी गरे कानुनी नोटिस

काठमाडौं– बलिउड फिल्म धुरन्धरको अपार सफलतापछि अभिनेता अक्षय खन्नाले अचानक

साढे ८ महिनामा आगलागीका घटनामा ५२ जनाको मृत्यु

काठमाडौं– चालु आर्थिक वर्षको वैशाख १ गतेदेखि पुस १३ गतेसम्म

गाउँमा विशेषज्ञसहितको स्वास्थ्य शिविर

तम्घास– धुर्कोट गाउँपालिका–४ जैसीथोकमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ४०० जना