सरकारका योजनालाई हावामा उडाउनेहरु पाइपलाइनबाट इन्धन आउँदा ट्वाल्ल परे–मन्त्री अर्याल « Khabarhub

सरकारका योजनालाई हावामा उडाउनेहरु पाइपलाइनबाट इन्धन आउँदा ट्वाल्ल परे–मन्त्री अर्याल


१७ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वालिङ–भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सरकार दीर्घकालीन विकासका योजनामा रहेको बताएकी छिन् ।

वालिङ नगरपालिका–१ मा रहेको देवीस्थान शेरा सामुदायिक भवनको उद्घाटन कार्यक्रममा उनले दिगो विकासका लागि ठूलाठूला योजना अगाडि बढाएको उल्लेख गर्दै सानासाना कामसँगै ठूला काममा पनि सरकारले हात नहाले मुलुकको विकास नहुने बताइन् ।

मन्त्री अर्यालले भनिन्, “यहाँ विकासका ठूलाठूला योजनाका कुरा गर्दा खिसिटिउरे गरिन्छ, हावामा उडाइन्छ, योजना नबनाईकन सपना नदेखीकन कसरी काम हुन्छ ” उनले नेपालमा पाइपलाइनबाट इन्धन ल्याउने रेल र पानी जहाजका कुरा गर्दा हावामा उडाउने पाइपलाइनबाट इन्धन आउँदा ट्वाल्ल परेको बताइन् ।

मन्त्री अर्यालले पाँच वर्षका लागि निर्माण भएको यो सरकारले विकास निर्माणको जग बसालेर छाड्ने उल्लेख गरिन् ।

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार  ३ : ३० बजे

‘पिकअप भ्यान’ सहित १७६ किलो गाँजा बरामद

वीरगञ्ज– एक सय ७६ किलोग्राम गाँजा बोकेको पिकअप भ्यानसहित पर्सा

एमाले महाधिवेशन : सुरु भयो मतदान

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि

बुटवलमा औद्योगिक प्रदर्शनी बुधबारदेखि, तयारी पूरा

लुम्बिनी– रुपन्देहीमा हुने १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ– माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन गरिएको

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं– नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको तथा