सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा « Khabarhub

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीले ८९ हजार ७५९ कित्ता संस्थापक शेयर सर्वसाधारणले समेत खरिद गर्न मिल्नेगरी बिक्रीमा ल्याएको हो ।

बैंकले बिक्रीमा राखेको शेयरमध्ये ६४ हजार कित्ता शेयर संस्थापक शेयरधनी बलराम श्रेष्ठ र २५ हजार ७५९ कित्ता शेयर विश्व प्रकाश गुरुङको रहेको छ ।

बैंकले यसअघि नै बैंकका विद्यमान संस्थापक शेयरधनीका लागि ३५ दिने सूचना जारी गरेर शेयर बिक्रीमा राखेको थियो ।

सो समयमा आवेदन नपरेपछि बैंकले जो कोही व्यक्ति तथा संस्थाका लागि शेयर बिक्रीमा राखेको हो । शेयर किन्न चाहनेले १५ दिनभित्र काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्ने छ ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  ९ : ४० बजे

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि

हिमनदी र हिमतालको तथ्याङ्कलाई तत्काल पूर्वसूचना प्रणालीमा जोड्नुपर्ने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले हानि–नोक्सानी कोष प्रशासनिक तथा प्रक्रियागत झन्झटमा