सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा | Khabarhub Khabarhub

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीले ८९ हजार ७५९ कित्ता संस्थापक शेयर सर्वसाधारणले समेत खरिद गर्न मिल्नेगरी बिक्रीमा ल्याएको हो ।

बैंकले बिक्रीमा राखेको शेयरमध्ये ६४ हजार कित्ता शेयर संस्थापक शेयरधनी बलराम श्रेष्ठ र २५ हजार ७५९ कित्ता शेयर विश्व प्रकाश गुरुङको रहेको छ ।

बैंकले यसअघि नै बैंकका विद्यमान संस्थापक शेयरधनीका लागि ३५ दिने सूचना जारी गरेर शेयर बिक्रीमा राखेको थियो ।

सो समयमा आवेदन नपरेपछि बैंकले जो कोही व्यक्ति तथा संस्थाका लागि शेयर बिक्रीमा राखेको हो । शेयर किन्न चाहनेले १५ दिनभित्र काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्ने छ ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  ९ : ४० बजे

विद्युतीय सामग्रीको व्यापार घट्यो

चितवन– नारायणगढको लायन्सचोकमा रहेको लामिछाने बिजुली पसलका सञ्चालक अशोक लामिछाने

माटोले घर लिपपोत गरी संस्कृति जोगाउन गाउँपालिकाको अनुरोध

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाले तिहारमा माटोले घर लिपपोत गरी परम्परागत

बालेनसामु वडाध्यक्षले भने, ‘सिंहदरबार जल्दा रमिते बन्यौँ, पुनर्निर्माणको जिम्मा काठमाडौं महानगरले लिनुपर्छ’

काठमाडौं- काठमाडौं महानगरपालिकाको ४३औँ नगर कार्यपालिका बैठकमा सिंहदरबार जलेको विषय

एमाले बैठकमा ठाकुर गैरेले भने- यही बैठकबाट नेतृत्व हस्तान्तरण गरेर जाऊँ

काठमाडौं– पूर्व सांसद तथा केन्द्रीय सदस्य ठाकुर गैरेले एमालेको बैठकमा

मनै लोभ्याउने अस्ट्रेलियन बेस क्याम्प (तस्बिरहरू)

काठमाडौं– कास्कीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने अस्ट्रेलियन बेस क्याम्प छोटो