ह्वाइट हाउसद्वारा सीडीसी प्रमुखलाई बर्खास्त गरिएको पुष्टि « Khabarhub

ह्वाइट हाउसद्वारा सीडीसी प्रमुखलाई बर्खास्त गरिएको पुष्टि


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन- संयुक्त राज्य अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का प्रमुखले खोप सम्बन्धी स्वास्थ्यमन्त्री रोबर्ट एफ केनेडी जुनियरसँगको विवादका क्रममा राजीनामा दिन नमानेपछि ह्वाइट हाउसले बर्खास्त गर्न लागेको बुधबार पुष्टि गरेको छ ।

केनेडीले अमेरिकी खोप नीतिमा व्यापक फेरबदल गरेको विषयमा बढ्दो विवादका कारण सीडीसीका अन्य पाँच जना वरिष्ठ अधिकारीहरूले पनि राजीनामाको घोषणा गरेको एजेन्सीका केही कामदारहरूको प्रतिनिधित्व गर्ने एक युनियनले जनाएको छ।

उनी स्वास्थ्य वैज्ञानिक तथा लामो समयदेखिे अनुभवप्राप्त सरकारी कर्मचारी सुसन मोनारेज सीडीसीको प्रमुख थिइन् तर केनेडीको स्वास्थ्य तथा मानव सेवा विभाग एचएचएसले उनी ‘अब निर्देशक नरहेको’ घोषणा गरेको छ ।

मोनारेजका वकिलले एएफपीलाई दिएको जानकारीमा भनेका छन्, “मोनारेजले न त राजीनामा दिनुभयो न त ह्वाइट हाउसबाट उनलाई बर्खास्त गरिएको सूचना नै पाउनुभएको छ ।”

केनेडीले राजनीतिक लाभका लागि सार्वजनिक स्वास्थ्यलाई हतियार बनाएको र लाखौँ अमेरिकीको जीवन जोखिममा पारेको आरोप लगाउँदै वकिलहरूले भने, ‘उहाँ निष्ठावान र विज्ञानप्रति समर्पित व्यक्ति हुनुहुन्छ र उहाँले राजीनामा दिनुहुने छैन ।’

मोनारेजले अवैज्ञानिक, लापरबाहीपूर्ण निर्देशन र समर्पित स्वास्थ्य विशेषज्ञलाई बर्खास्त गर्न नमानेपछि उनलाई नै निशाना बनाइएको बताइएको छ ।

ह्वाइट हाउसले भने मोनारेजलाई बर्खास्त गरिएको पुष्टि गरेको छ ।

ह्वाइट हाउसका प्रवक्ता कुश देसाईले इमेलमार्फत जारी गरेको एएफपीलाई प्राप्त विज्ञप्तिमा भनिएको छ, “सुसन मोनारेज राष्ट्रपतिको अमेरिकालाई स्वस्थ बनाउने कार्यसूचीसँग मेल खानुहुँदैन ।”

“सुसन मोनारेजले एचएचएस नेतृत्वलाई राजीनामा दिन चाहेको जानकारी गराए पनि राजीनामा दिन आलटाल गरेपछि ह्वाइट हाउसले मोनारेजलाई सीडीसीको पदबाट बर्खास्त गरेको छ,” देसाईले भने ।

मोनारेजको बर्खास्तीबारे पहिलो पटक समाचार प्रकाशित गर्ने वासिङ्टन पोस्टका अनुसार केनेडीले उनको खोप नीति परिवर्तनलाई समर्थन गर्ने प्रतिबद्धता जनाउन नमानेपछि सीडीसी प्रमुखबाट राजीनामा दिन दबाब दिएका थिए ।

सीडीसीका दुई हजारभन्दा बढी कर्मचारीको प्रतिनिधित्व गर्ने एक युनियनका अनुसार सिडिसीका पाँच उच्च पदस्थ अधिकारीले इमेलमार्फत राजीनामा दिएका छन् ।

एएफजीई लोकल २८८३ युनियनले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘‘सीडीसीका धेरै अनुभवी जनस्वास्थ्य नतृत्वले अचानक राजीनामा दिएको सुनेर हामी स्तब्ध भएका छौँ ।”

“राजनीतिले उनीहरूलाई कुनै विकल्प नछाडेका कारण धेरैले आफूले मन पराएको कामबाट टाढा जान बाध्य भए”, युनियनले भनेको छ, “खोपले जीवन बचाउँछ।”

सीडीसीको राष्ट्रिय खोप तथा स्वासप्रस्वास रोग केन्द्रका निर्देशकपदबाट राजीनामा दिएका डेमेट्रे दासकलाकिसले भने, “यो त अति भयो।”

“सीडीसीलाई वैज्ञानिक वास्विकता प्रतिबिम्बित नगर्ने नीतिहरू र सामग्रीहरू उत्पन्न गर्ने उपकरणको रूपमा व्यवहार गरिएको छ र यसले जनताको स्वास्थ्य सुधार गर्नुको सट्टा चोट पुर्याउने छ । म त्यस्तो वातावरणमा सेवा गर्न असमर्थ छु ।’’ उनले एक्समा लेखेका छन् ।

सीडीसीका प्रमुख चिकित्सा अधिकृत डेब्रा होउरी र संस्थाको ‘नेशनल सेन्टर फर इमर्जिङ एण्ड जुनोटिक इन्फेक्शियस डिजिज’का निर्देशक डेनियल जर्निगनले पनि राजीनामा दिएको अमेरिकी अधिकारीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  १ : ०७ बजे

रुकुमपश्चिममा जिप दुर्घटनामा १२ घाइते

रुकुमपश्चिम – रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा आज साँझ भएको जिप दुर्घटनामा

दक्षिण कोरियाकाअपदस्थ राष्ट्रपति दम्पतीमाथि दोहोरो सजाय

सियोल – दक्षिण कोरियामा सत्ताबाट हटाइएका राष्ट्रपति युन सुक योलसँग

आइपीएल : पञ्जाबले राजस्थानलाई दियो २२३ रनको लक्ष्य

काठमाडौं – पञ्जाब किंग्सले आईपीएलको ४०औं खेलमा राजस्थान रोयल्सलाई २२३

संसद रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम हो : आङ्देम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदको

चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना

चितवन – चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र भएका