अनियन्त्रित मनलाई नियन्त्रित गर्न सत्संग गरौँ : उपप्रधानमन्त्री सिंह « Khabarhub

अनियन्त्रित मनलाई नियन्त्रित गर्न सत्संग गरौँ : उपप्रधानमन्त्री सिंह


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अनियन्त्रित मनहरूलाई नियन्त्रित र एकीकृत गर्न सत्सँगले सहयोग पुग्ने बताएका छन् । मध्य बानेश्वरमा नवनिर्मित कबीर सत्संग आश्रमको भवन उद्‌घाटन गर्दै उनले मानिसलाई सही मार्गमा हिँडाउन सत्संगको महत्वपूर्ण भूमिका रहने बताए। 

उपप्रधानमन्त्री सिंहले धर्म, सतसंगमा लाग्नेहरूलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । 

‘अनियन्त्रित मनहरूलाई नियन्त्रित र एकीकृत गर्ने माध्यम सत्संग हो । धर्म, सत्कर्ममा लाग्नेहरुलाई प्रोत्साहन गर्नुपर्छ,’ उपप्रधानमन्त्री सिंहले भने, ‘समाजमा मिलेर बस्ने वातावरण बनाउन परोक्ष रुपमा सत्संगले मद्दत गर्छ । आश्रमले अझ धेरैलाई सत्मार्गमा हिँड्न हिँड्न प्रेरित गरोस् ।’ 

अहिले मानिसहरूको जीवनशैली तनावपूर्ण अवस्थामा रहेकोले मानिसहरूलाई सत्विचारमा हिँडाउन र जीवनको लक्ष्य पहिचान गर्ने क्षमता विकास गराउन धार्मिक, आध्यात्मिक संस्थाहरूको भूमिका महत्वपूर्ण हुने भन्दै ती संस्थाहरूलाई प्रवर्द्धन गर्नुपर्ने सिंहको भनाई छ ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  १ : ५५ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको