रुसी आक्रमणबाट युक्रेनस्थित ईयू नियोगको कार्यालयमा क्षति « Khabarhub

रुसी आक्रमणबाट युक्रेनस्थित ईयू नियोगको कार्यालयमा क्षति


१२ भदौ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

किएभ- युरोपेली सङ्घका प्रमुख एन्टोनियो कोस्टाले युक्रेनको राजधानी किएभमा रुसले गरेको घातक आक्रमणबाट आफू ’भयभीत’ भएको बताएका छन् ।

युरोपेली परिषद्का अध्यक्ष कोस्टाले एक्समा लेखेका छन्, “यो समय हामी युक्रेनी पीडित र इयू प्रतिनिधिमण्डलका कर्मचारीहरूको सहयोगका लागि तयार छौँ ।” उनले भने, “ईयू डराउने छैन । रुसको आक्रामकताले युक्रेन र त्यहाँका जनताको पक्षमा उभिने हाम्रो सङ्कल्पलाई बलियो बनाएको छ ।”

कोस्टाले एउटा कार्यालयको भित्री भागको तस्वीर पोस्ट गरेका छन् जसमा झ्यालहरू फुटेको, छत आंशिक रूपमा तल खसेको र आक्रमणका कारण खसेका भवन र झ्यालका भाग भुइँमा छरिएको देखिन्छ ।

युक्रेनका लागि ईयूका राजदूत क्याटरिना माथेरनोभाले विस्फोटको झट्काले नियोगको भवनमा गम्भीर क्षति पुगेको बताएकी छिन् । ईयूका एक अधिकारीले एएफपीसँग कुरा गर्दै इयूका कुनै पनि कर्मचारीलाई चोट पटक नलागेको बताएका छन् ।

युक्रेनी अधिकारीहरुले रातभर भएको बमबारीमा एक बालकसहित १० जनाको मृत्यु भएको बताएका छन् । ईयूका उच्च कूटनीतिज्ञ काजा कल्लासले सामाजिक सञ्जाल एक्समा लेखेकी छिन्, “विश्वले शान्तिको बाटो खोजिरहेको बेला रुसले क्षेप्यास्त्र प्रहार गरेको छ ।”

“किएभमा रातिको समयमा भएको आक्रमणले रूसले शान्ति प्रयासलाई नबढाउने र खिल्ली उडाउने सुनियोजित निर्णय गरेको देखाउँछ,” उनले भनिन् ।

प्रकाशित मिति : १२ भदौ २०८२, बिहिबार  ३ : ४३ बजे

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ