ओलम्पियन बिष्टले भने- दशैं बिदामा जाने खेलाडीले साग प्रमुख लक्ष्य हो भन्ने नबिर्सिनु « Khabarhub

ओलम्पियन बिष्टले भने- दशैं बिदामा जाने खेलाडीले साग प्रमुख लक्ष्य हो भन्ने नबिर्सिनु


१७ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  सागका स्वर्णधारी खेलाडी तथा तेक्वान्दोका प्रशिक्षक दीपक बिष्टले  काठमाडौं र पोखरामा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई ध्यानमा राख्न खेलाडीहरुलाई सुझाएका छन् ।

बन्दप्रशिक्षणमा रहेका खेलाडहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले दशैं बिदा दिएसँगै उनले दशैं बिदामा पनि सागलाई ध्यानमा राख्न खेलाडीहरुलाई सुझाएका हुन् ।

मंसिर (१५–२४) गतेसम्म हुने सागका लागि २८ वटा खेलका खेलाडी बन्द प्रक्षिणमा थिए । अहिले उनीहरु दशैंका लागि विदामा छन् । राखेपले उनीहरुलाई ५ दिनको बिदा दिएको छ । राखेपले अधिकांश खेलका खेलाडीलाई २४ गतेदेखि अभ्यासमा फर्किन समेत निर्देशन दिएको छ ।

२ महिनाभन्दा लामो समय बन्द प्रशिक्षणमा रहेका कही खेलाडी दशैं मनाउन घर गइसकेका छन् भने केही जाँदैछन् । कतिपय खेलाडी सागकै कारण घर नगइ काठमाडौंमै बस्ने योजनामा छन् ।

चाडपर्वमा खेलाडीहरुलाई कसरी फिट रहन सकिन्छ भनेर खबरहबले ओलम्पियन तथा सागका स्वर्णधारी खेलाडी तथा तेक्वान्दोका प्रशिक्षक दीपक बिष्टसँग गरेको कुराकानीमा उनले खेलाडीहरुलाई यस्तो सुझाए–

–खानपीनलाई ध्यान दिने
–धेरै चिल्लो पिरो नखाने
–शरीरालाई रेष्ट दिने
–साग आफ्नो लक्ष्य हो भन्ने कुरा नबिर्सने
–बन्द प्रशिक्षणमा रहँदा जस्तो अभ्यास गरिरहेको छ त्यसलाई ‘लाइट’ भएपनि दैनिक गरिरहने
–चाडभन्दा पनि देशले सहभागिता जनाउन लागेको साग ठूलो हो भन्ने मनन सबै खेलाडीले गर्ने
–दशैंका दिन पनि बिहान उठेर दौडने पसिना निकाल्ने गरि अभ्यास गर्ने
–अनुसाशन बिर्सनु नबिर्सिने ।

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार  ८ : ३० बजे

एकैदिन तोलामा १७ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं–  स्थानीय बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आजको

एमाले महाधिवेशनमा भोट माग्दै गायिका ज्योति मगर (तस्बिरहरू)

काठमाडौं- नेकपा एमालेको ११औं महाधिवेशनको निर्वाचन कार्यक्रमअनुसार मंगलबार दिउँसो ४

पुँजीगत खर्चमा सरकार सुस्त, पाँच महिनामा लक्ष्यको ८.३ प्रतिशत मात्रै प्रगति

काठमाडौं – नेपाल सरकारको महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको पछिल्लो

बहुविवाह मुद्दा – पासाङ शेर्पाको उम्मेदवारी खारेज

काठमाडौं– बहुविवाह मुद्दामा दोषी ठहर भएका नेकपा (एमाले) का नेता

ओलीले राष्ट्रिय सभाको लोभ देखाएपछि राजेन्द्र गौतमको उम्मेदवारी फिर्ता

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनमा उपमहासचिव पदमा उम्मेदवारी