‘मेरो एउटा साथी छ २’ बन्ने: दिनेशले गरे सुदर्शनलाई रिप्लेस « Khabarhub

‘मेरो एउटा साथी छ २’ बन्ने: दिनेशले गरे सुदर्शनलाई रिप्लेस


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आर्यन सिग्देल र नम्रता श्रेष्ठको जोडी रहेको सुपरहिट फिल्म ‘मेरो एउटा साथी छ’ को सिक्वेल बन्ने भएको छ । यो फिल्मलाई ‘प्रसाद’ निर्देशक दिनेश राउतले निर्देशन गर्ने भएका छन् ।

केही दिनदेखिको छलफलपछि निर्माण कम्पनी आइकोर फिल्मस् र निर्देशक दिनेश राउतबीच फिल्म निर्माणबारे सहमति जुटेको हो । निर्देशक राउतले ‘प्रसाद’ पछि यो फिल्म निर्देशन गर्न लागेका हुन् ।

निर्देशक दिनेश राउतले फिल्म निर्देशनमा हस्ताक्षर गरेर काम थालिसकेको बताए । यो फिल्म सन् २०२० मा रिलिज हुनेछ । ‘हो, फिल्ममा हामीले काम गर्ने भयौँ, अहिले यसको लेखन कार्य भइरहेको छ, स्किृप्ट तयार नहुँदासम्म कलाकार कसलाई लिने भन्न सकिँदैन ।’, निर्देशक राउतले खबरहबलाई बताए ।

फिल्म ‘मेरो एउटा साथी छ’ मा दिनेश राउत सह–निर्देशक थिए भने सुदर्शन थापाले फिल्मको निर्देशन गरेका थिए । सुदर्शनले यही फिल्मबाट नेपाली फिल्म निर्देशनमा हात हालेका थिए । उनी यतिबेला ‘सम्हालिन्छ कहिले मन’ को निर्देशनमा छन् ।

निर्माण हुने फिल्म ‘मेरो एउटा साथी छ २’ मा कथा समेत निर्देशक राउतकै रहनेछ । यद्यपि फिल्ममा कलाकार को हुने भन्ने अझै फाइनल नभए पनि आर्यन सिग्देल र नम्रता श्रेष्ठको जोडी दोहोरिने सम्भावना भने न्यून रहेको बताइएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  १२ : ५८ बजे

मालीमा सशस्त्र समूहको आक्रमणमा ५० जनाको मृत्यु

बामाको – मालीको उत्तरपूर्वी मेनाका क्षेत्रमा सशस्त्र समूहले गरेको आक्रमणमा

चीनमा पुटिन र सीसँग भेट्न तयार ट्रम्प, युक्रेन युद्धबारे छलफलको सङ्केत

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना चीनमा रुसी

केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका–६ का दुर्गम बस्तीमा केन्द्रीय विद्युत् प्रसारण लाइन

चार लाखभन्दा बढीका चोरीका गरगहनासहित महिला पक्राउ

वीरगञ्ज – चार लाख ११ हजार रुपैयाँ बराबरका चोरीका गरगहनासहित

भाकल पूरा गर्न बुढासुब्बामा भक्तजनको लर्को

सुनसरी– धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको लर्को