‘मेरो एउटा साथी छ २’ बन्ने: दिनेशले गरे सुदर्शनलाई रिप्लेस « Khabarhub

‘मेरो एउटा साथी छ २’ बन्ने: दिनेशले गरे सुदर्शनलाई रिप्लेस


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आर्यन सिग्देल र नम्रता श्रेष्ठको जोडी रहेको सुपरहिट फिल्म ‘मेरो एउटा साथी छ’ को सिक्वेल बन्ने भएको छ । यो फिल्मलाई ‘प्रसाद’ निर्देशक दिनेश राउतले निर्देशन गर्ने भएका छन् ।

केही दिनदेखिको छलफलपछि निर्माण कम्पनी आइकोर फिल्मस् र निर्देशक दिनेश राउतबीच फिल्म निर्माणबारे सहमति जुटेको हो । निर्देशक राउतले ‘प्रसाद’ पछि यो फिल्म निर्देशन गर्न लागेका हुन् ।

निर्देशक दिनेश राउतले फिल्म निर्देशनमा हस्ताक्षर गरेर काम थालिसकेको बताए । यो फिल्म सन् २०२० मा रिलिज हुनेछ । ‘हो, फिल्ममा हामीले काम गर्ने भयौँ, अहिले यसको लेखन कार्य भइरहेको छ, स्किृप्ट तयार नहुँदासम्म कलाकार कसलाई लिने भन्न सकिँदैन ।’, निर्देशक राउतले खबरहबलाई बताए ।

फिल्म ‘मेरो एउटा साथी छ’ मा दिनेश राउत सह–निर्देशक थिए भने सुदर्शन थापाले फिल्मको निर्देशन गरेका थिए । सुदर्शनले यही फिल्मबाट नेपाली फिल्म निर्देशनमा हात हालेका थिए । उनी यतिबेला ‘सम्हालिन्छ कहिले मन’ को निर्देशनमा छन् ।

निर्माण हुने फिल्म ‘मेरो एउटा साथी छ २’ मा कथा समेत निर्देशक राउतकै रहनेछ । यद्यपि फिल्ममा कलाकार को हुने भन्ने अझै फाइनल नभए पनि आर्यन सिग्देल र नम्रता श्रेष्ठको जोडी दोहोरिने सम्भावना भने न्यून रहेको बताइएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  १२ : ५८ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,