कामेश्वर र लक्ष्मी बर्देवा केन्द्रित ‘अभिमन्यु’ को ट्रेलर सार्वजनिक « Khabarhub

कामेश्वर र लक्ष्मी बर्देवा केन्द्रित ‘अभिमन्यु’ को ट्रेलर सार्वजनिक


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नायक कामेश्वर चौरासिया र नायिका लक्ष्मी बर्देवालाई केन्द्र भागमा राखी फिल्म ‘अभिमन्यु’को ट्रेलर सार्वजनिक गरिएको छ । भदौ २७ बाट प्रदर्शनमा आउने यस फिल्मको ट्रेलर बिहीबार सार्वजनिक गरिएको हो ।

सार्वजनिक भए लगत्तै कलाकारहरुको बेजोड अभिनय क्षमताका कारण यस टिजरले चर्चा पाएको छ ।

ट्रेलरले फिल्मको कथा अपहरण र फिरौतीको वरपर घुमेको प्रष्ट पारेको छ । अर्थात क्राइम थ्रिलर जनरामा यस फिल्म बनेको हो ।

कामेश्वर कानुनी उल्झनमा परेको ट्रेलरमा देख्न सकिन्छ । उनले फिल्ममा कुनै अपराध गरेको सहजै अनुमान लगाउन सकिन्छ । लक्ष्मीले फिल्लमा मधेशकी युवतीको भूमिकामा गरेको ट्रेलरमार्फत् खुलाइएको छ ।

कामेश्वर र लक्ष्मी फिल्ममो विवाहित जोडीको भूमिकामा रहेको ट्रेलरले प्रष्ट पार्छ ।

निर्माण पक्षले फिल्म घोषणा गर्दा तीन नायिकाहरु सरिता गिरी, गौमाया गुरुङ र लक्ष्मी शीर्ष भूमिकामा रहेको बताएको थियो ।

तर, ट्रेलरमा अन्य नायिकामाथि लक्ष्मीको भूमिका हाबी देखिन्छ । ३ मिनेट लामो ट्रेलरले फिल्मको कथा लक्ष्मी र कामेश्वरकै वरफर घुम्ने संकेत गर्छ ।

निर्माण पक्षका अनुसार घरविहीन युवकले पैसाका लागि गर्ने अपराधको कथामा फिल्म बनेको हो ।

युट्युबमा ट्रेलरले राम्रो प्रतिक्रिया पाएको छ । धेरैले कामेश्वरको अभिनय उत्कृष्ट रहेको प्रतिक्रिया दिएका छन् । कतिले पुराना हिट फिल्मसँग अभिमन्युलाई तुलना गर्नसमेत भ्याएका छन् ।

युट्युबको कमेन्ट हेर्दा ट्रेलरले फिल्मप्रति दर्शकलाई उत्कसुक बनाएको पाइन्छ ।

सेभन सिज सिनेमाको प्रस्तुतीमा नबेको यस फिल्मको लेखक मुकेश खनाल हुन् । सुशान्त गौतमको निर्देशनमा फिल्म बनेको हो । यसका निर्माताहरु विनोद पौडेल र गुञ्जन गिरी हुन् ।

ट्रेलर :

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ६ : ०१ बजे

निर्वाचन गराउन आयोग सबै हिसाबले तयार छः प्रमुख आयुक्त भण्डारी

काठमाडौं – निर्वाचन आयोग नेपालका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

साताको कार्टुन – कांग्रेसमा पूर्णबहादुरको तौल !

काठमाडौं – भदौ २३ र २४ गतेको आन्दोलनपछि नेपाली कांग्रेस

कहाँ चुक्यो कर्णाली याक्स ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन १ मा चौथो

तिला जलविद्युतको बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला – जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं – हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र