लुधियाना अदालतमा गायक गुरु रन्धावाविरुद्ध मुद्दा « Khabarhub

लुधियाना अदालतमा गायक गुरु रन्धावाविरुद्ध मुद्दा


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  पञ्जाबी संगीत जगतका चर्चित नाम गुरु रन्धावा पछिल्ला दिनमा गलत कारणले निरन्तर चर्चामा परिरहेका छन्।

हालै रिलिज भएको उनको म्युजिक भिडियो “अजुल”ले ‘स्कुले विद्यार्थीलाई यौनिक रूपमा प्रस्तुत गरेको’ आरोप खेप्दै ठूलो आलोचना भोगेको थियो। यसै बीच, उनीमाथि अर्को गम्भीर कानुनी कारबाही अघि बढेको छ ।

अर्को मुद्दा उनका गीत “सिर्रा”  का बोलसँग सम्बन्धित हो, जसलाई अपमानजनक र नशा संस्कृतिलाई प्रोत्साहन गर्ने भन्दै उजुरी दायर गरिएको छ।

भारतीय मिडिया अनुसार लुधियाना अदालतले गायक गुरु रन्धावालाई समन्स( जारी गर्दै  १७ गते मंगलबार (सेप्टेम्बर २) मा उपस्थित हुन आदेश दिएको छ। सम्राला (लुधियाना जिल्ला) निवासी राजदीप सिंह मानले दायर गरेको उजुरीमा गीतमा रहेको बोलले नशा संस्कृतिलाई प्रोत्साहन गरेको र सिख परम्पराको अपमान गरेको दाबी गरिएको छ।

गीतको बोल यस प्रकार छ- ‘ओह जट्टा दे आ काके बल्लीये… जम्मेया नु गुर्ति च मिली अफीम है… ।’

अर्थात्, ‘हामी जाटका छोरा हौँ। हामी जन्मिँदा पहिलो खानेकुरा नै अफीम (नशालु पदार्थ) पाएका हौँ।’

यस बोलप्रति आपत्ति जनाउँदै उजुरीकर्ताका वकिलले भनेका छन्, ‘गुर्ति दिने परम्परा सिख धर्ममा पवित्रता र सम्मानसँग जोडिएको अभ्यास हो। नवजात शिशुलाई पहिलो पटक पवित्र जल वा दूध दिने यो परम्परा भावनात्मक रूपमा गहिरो छ। तर गीतमा यसको अपमान गर्दै जट्ट परिवारमा बच्चालाई अफीम दिइन्छ भन्ने संकेत गरिएको छ, जुन समाजलाई गलत सन्देश दिने काम हो। यसका लागि गायक रन्धावाविरुद्ध एफआईआर दर्ता हुनुपर्छ।’

यो मुद्दामा एप्पल म्युजिक, युट्युब, अमेज़न म्युजिक, इन्स्टाग्राम, स्पोटिफाइ इन्डिया, वार्नर म्युजिक इन्डिया लगायतका प्लेटफर्महरूलाई पनि नामसहित समेटिएको छ, जसले विवादास्पद गीतलाई सार्वजनिक र प्रवर्द्धन गरेको भन्दै जिम्मेवारी तोकिएको छ।

उक्त उजुरीलाई आधार मानेर सम्रालाका सहायक न्यायिक मजिस्ट्रेट राजिन्दर सिंहले भारतको (भारतीय नागरिक सुरक्षा संहिता) को धारा (२२३) अन्तर्गत आदेश जारी गरेका हुन्।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ५ : ०१ बजे

श्रीलङ्काद्वारा चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माणका लागि बृहत् राहत योजना सार्वजनिक

कोलम्बो – विपद्ग्रस्त श्रीलङ्काले घातक चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माण गर्न

यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते

सुनसरी – धरानबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा

एमाले मजवुद भए मुलुकको अराजकता अन्त्य हुन्छ : प्रदीप ज्ञवाली

ललितपुर – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मूलुकभित्रको अराजकता र

जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड

धनुषा – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रपछि

चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको दुर्घटनामा