मदन पुरस्कार विजेता पूर्व प्रधानमन्त्री चन्दको नयाँ उपन्यास विमोचनको तयारी | Khabarhub Khabarhub

मदन पुरस्कार विजेता पूर्व प्रधानमन्त्री चन्दको नयाँ उपन्यास विमोचनको तयारी


१४ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको नयाँ कृति प्रकाशन हुने भएको छ ।

मदन पुरस्कार विजेतासमेत रहेका चन्दको नयाँ उपन्यास ‘बदलिँदो समयचक्र’ यही भदौ २० गते विमोचन गर्ने तयारी रहेको सम्वर्द्धन पब्लिकेसन्सले जनाएको छ ।

सामाजिक कथावस्तुमा आधारित १४४ पृष्ठको उपन्यासलाई २५ उपशीर्षकमा बाँडिएको छ ।

चन्दका कथा, नाटक र उपन्यास गरी दर्जनौँ कृती प्रकाशित छन् । उनको विसर्जन कथासंग्रहले २०५४ सालमा मदन पुरस्कार प्राप्त गरेको थियो ।

उनका अपराजिता, बाह्रौँ खेलाडी, रात्री भोज,  हिउँको तन्ना, नेताको साथी जस्ता चर्चित पुस्तक प्रकाशित छन् ।

प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार  १० : ०४ बजे

अठारौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८२ सुरु

पाटन– १८औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८२ ललितपुरमा सुरु भएको

सरकारले सिंहदरबार र सर्वोच्चमा भएको तोडफोड र आगजनीको वास्ता गरेन : प्रभु साह

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले नेपालमा

केपी ओलीको ६ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा के छ ? (पूर्णपाठ)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबारदेखि सुरू दशौँ केन्द्रीय

एक सातामा ४ सय २८ जनामा देखियो डेंगु संक्रमण 

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ३७ जनामा डेंगुको संक्रमण पुष्टी

मधेसमा अर्को ‘ट्विस्ट’ लोसपापछि एमालेको समर्थनमा कांग्रेसले गर्‍यो सरकारमा दाबी 

जनकपुरधाम– मधेश प्रदेशको मुख्यमन्त्रीका लागि लोसपा पछि नेपाली कांग्रेसका संसदीय