प्रधानमन्त्रीज्यू ! लिपुलेक नेपालको हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सिनु होला : बालेन शाह « Khabarhub

प्रधानमन्त्रीज्यू ! लिपुलेक नेपालको हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सिनु होला : बालेन शाह


१४ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणको शुभकामना दिएका छन् ।

शनिबार सामाजिक सुञ्जालमार्फत चीन भ्रमणको शुभकामना दिँदै उनले लिपुलेक नेपालको हो भन्ने कुरा चीनलाई सम्झाउन आग्रह गरेका छन् ।

उनले नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत–चीनको सहमतिले मुलुकको सार्वभौमिकता माथिको अतिक्रमण गरेको स्मरण गराएका छन् ।

उनले लेखेका छन्– ‘चीन भ्रमणको शुभकामना प्रधानमन्त्रीज्यू । नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत–चीनको सहमतिले हाम्रो सार्वभौमिकता माथिको अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला ।’

मेयर बालेनले यस विषयमा प्रधानमन्त्री ओलीमाथि पूर्ण विश्वास रहेको उल्लेख गर्दै ‘अल द बेस्ट’ भनेका छन् ।

उनले भने, ‘All the best हामीलाई तपाईं माथि पूर्ण विश्वास छ ।’

प्रधानमन्त्री ओली चीनका राष्ट्र सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार बिहान त्यसतर्फ प्रस्थान गरेका छन् ।

प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार  १० : २० बजे

न्याय परिषदका सचिव थपलिया सुर्खेत उच्च अदालतको जुम्ला इजलासमा न्यायाधीश सिफारिस

काठमाडौं- न्याय परिषदका सचिव जितेन्द्रबाबु थपलिया उच्च अदालत, सुर्खेतको न्यायाधीशमा

इरान युद्धको प्रभाव : यूएई ओपेकबाट बाहिरियो, अब आफ्नै योजनामा तेल उत्पादन गर्ने

काठमाडौं- खाडी क्षेत्रमा इरानसँग सम्बन्धित तनाव बढ्दै जाँदा ऊर्जा, सुरक्षा

बालेनको शैली- अनुभवी मन्त्रीबाट सिक्ने, नयाँको गाँठो फुकाइदिने

काठमाडौं- फागुन २१ मा सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२

इरान प्रस्तावप्रति अमेरिका कठोर

एजेन्सी– युद्ध अन्त्य र हर्मुज जलघाँटी पुनः सञ्चालन गर्ने प्रस्ताव