पूर्वराष्ट्रपति भण्डारी मधेसमा, ५१ केजीको मालाले स्वागत « Khabarhub

पूर्वराष्ट्रपति भण्डारी मधेसमा, ५१ केजीको मालाले स्वागत


१४ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेका कार्यकर्ताहरूले बारामा ५१ केजी फूलको मालाले स्वागत गरेका छन् ।

पार्टीको निर्देशनविपरित एमालेका कार्यकर्ताहरूले शनिबार सिमरा विमानस्थलमा ५१ केजीको माला लगाइदिएर पूर्वराष्ट्रपति भण्डारीको स्वागत गरेका हुन् ।

स्वागतमा कसैलाई नजान एमाले नेतृत्वको कडा निर्देशन दिए पनि स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल र केन्द्रीय सदस्य अरविन्द सिंहसहितका नेता–कार्यकर्ताहरू विमानस्थल पुगेका थिए ।

पूर्वराष्ट्रपति भण्डारी शनिबार वीरगञ्ज जाने क्रममा सिमरा विमानस्थलमा अवतरण भएकी हुन् ।

प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले भण्डारीको स्वागतका लागि नजान नेता–कार्यकर्ताहरूलाई निर्देशन दिएका थियो । तर, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलले पार्टीको निर्देशन अवज्ञा गर्दै शनिबार बिहान पौने ९ बजे पूर्वराष्ट्रपति भण्डारीको स्वागतका लागि सिमरा विमानस्थलमा जम्मा हुन आह्वान गरेका थिए ।

ओली पक्षले भण्डारीको कार्यक्रममा कार्यकर्तालाई रोक्ने प्रयास गरेपछि पूर्व खेलकुदमन्त्रीसमेत रहेका पौडेल र केन्द्रीय सदस्य अरविन्द सिंहलगायतका नेताहरू स्वागतको तयारीमा जुटेका थिए ।

प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार  ११ : ०३ बजे

न्याय परिषदका सचिव थपलिया सुर्खेत उच्च अदालतको जुम्ला इजलासमा न्यायाधीश सिफारिस

काठमाडौं- न्याय परिषदका सचिव जितेन्द्रबाबु थपलिया उच्च अदालत, सुर्खेतको न्यायाधीशमा

इरान युद्धको प्रभाव : यूएई ओपेकबाट बाहिरियो, अब आफ्नै योजनामा तेल उत्पादन गर्ने

काठमाडौं- खाडी क्षेत्रमा इरानसँग सम्बन्धित तनाव बढ्दै जाँदा ऊर्जा, सुरक्षा

बालेनको शैली- अनुभवी मन्त्रीबाट सिक्ने, नयाँको गाँठो फुकाइदिने

काठमाडौं- फागुन २१ मा सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२

इरान प्रस्तावप्रति अमेरिका कठोर

एजेन्सी– युद्ध अन्त्य र हर्मुज जलघाँटी पुनः सञ्चालन गर्ने प्रस्ताव