बागलुङमा राजमार्ग केन्द्रित कृषि तथा पशुपालन कार्यक्रम « Khabarhub

बागलुङमा राजमार्ग केन्द्रित कृषि तथा पशुपालन कार्यक्रम


१४ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

गलकोट– बजारीकरणमा सघाउने उद्देश्यले कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरलाई केन्द्रित गरी पशु तथा कृषि विकाससम्बन्धी नयाँ कार्यक्रम सार्वजनिक गरेका छन् । 

पशुपालनका साथै कृषि उत्पादकत्व बढाउन तथा बजारीकरणमा किसानलाई सघाउने ती कार्यक्रमका निम्ति ४० लाख विनियोजन भएको कृषि ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवालले बताए। 

चालु आर्थिक वर्षमा भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले कालीगण्डकी करिडोर केन्द्रित पशुपन्छी तथा मत्स्य उत्पादन तथा प्रवर्द्धन कार्यक्रमका लागि २० लाख विनियोजन गरेको छ भने कृषि ज्ञान केन्द्रले पनि मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर केन्द्रित कृषि उत्पादन तथा प्रवर्द्धन कार्यक्रमका निम्ति २० लाख विनियोजन गरेको छ । 

कृषिउपज, माछामासु, अण्डा र दूधको बजारीकरणमा सघाउनु कार्यक्रमको मुख्य उद्देश्य हो । 

प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार  ४ : २४ बजे

प्रधानमन्त्री कप एनभीए भलिबल लिगमा महिलातर्फको फाइनलमा

काठमाडौं– न्यु डायमण्ड युथ स्पोर्टस क्लब प्रधानमन्त्री कप एनभीए महिला

अध्यादेशप्रति कांग्रेसको कडा आपत्ति, संसद्को अधिकारमा सरकारले हस्तक्षेप गरेको आरोप

काठमाडौं– नेपाली कांग्रेसले नेपाल सरकारले संसद् स्थगित गरेर अध्यादेशमार्फत कानुन

भेरी अस्पतालमा बिरामीको मृत्युबारे अस्पतालको स्पष्टीकरण, चिकित्सकमाथि दुर्व्यवहार भएको दाबी

काठमाडौं– नेपालगञ्ज स्थित भेरी अस्पतालले उपचारका क्रममा मृत्यु भएकी एक

सभामुख र चिनियाँ राजदूतबीच भेट, एक चीन नीति र बीआरआईबारे पनि कुराकानी 

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि चिनियाँ राजदूत

खाद्य कम्पनीद्वारा कैलालीमा गहुँ खरिद सुरु

अत्तरिया– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले