निजामती विधेयक : २ वर्षे ‘कुलिङ पिरियड’ राख्ने सहमति « Khabarhub

निजामती विधेयक : २ वर्षे ‘कुलिङ पिरियड’ राख्ने सहमति


१४ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा संघीय निजामती सेवा विधेयकमा दुई वर्षको कुलिङ अफ पिरियड राख्ने सहमति भएको छ । 

सिंहदरबारमा शनिबार बसेको समिति बैठकले सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल गर्ने क्रममा दुई वर्षको कुलिङ अफ पिरियड राख्ने विषयमा सहमति जुटाएको हो । यसअघि प्रतिनिधिसभाबाट उक्त विधेयक पारित गर्ने क्रममा कुलिङ अफ पिरियडमा छेडखानी गरेको पाइएको थियो।

कुलिङ अफ पिरियड नरहने आशयसहितको विधेयक प्रतिनिधिसभाबाट पारित भएपछि राष्ट्रियसभाबाट त्यसलाई सच्याउनुपर्ने आवाज समेत उठेको थियो । विधायन व्यवस्थापन समितिमा एमाले बाहेकका दलका सांसदले दुई वर्षको कुलिङ अफ पिरियड राख्नुपर्ने बताएका थिए भने एमाले सांसदहरुले कुलिङ अफ पिरियडको अवधि कम गर्ने विषयमा धारणा राखेका थिए ।

छलफलपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले कुलिङ अफ पिरियडमा सरकारको कुनै छुट्टै अडान नरहेको बताइन्। उनले दुई वर्षको कुलिङ अफ पिरियड राख्दा तलका कर्मचारीलाई कुनै अप्ठेरो नहुने र सबैलाई एउटै अर्थ लाग्ने गरि भाषा मिलाउनुपर्ने उल्लेख गरिन् ।

समिति सभापति तुलसा कुमारी दहालले निजामती सेवा विधेयकमा दुई वर्षको कुलिङ अफ पिरियड राख्ने सहमति भएको जानकारी दिइन् । यस विषयमा भाषा मिलाएर अन्तिम प्रतिवेदन निर्माणका क्रममा छलफल हुने उनले बताइन्।

निजामती विधेयकमाथि आइतबार पनि दफावार छलफल हुने सभापति दहालले बताइन्। राष्ट्रियसभा पारित भएको खण्डमा उक्त विधेयकलाई भाद्र १९ गते पारित गर्ने प्रतिनिधिसभाको तयारी छ। 

प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार  ७ : ४३ बजे

स्विस आल्प्समा बार आगलागी, धेरै हताहत

क्रान्स–मोन्टाना (स्विट्जरल्यान्ड)- स्विस आल्प्सको क्रान्स–मोन्टाना सहरस्थित बारमा आगलागी हुँदा नयाँ

‘धोती हाम्रो शान हो’ भन्दै मनाइयो धोती दिवस 

काठमाडौं– जनमत पार्टीले काठमाडौं लगायत विभिन्न जिल्लामा धोती दिवस मनाएको

‘हिट एण्ड रन’ नियन्त्रणमा प्रहरी सक्रिय

नारायणगढ– पछिल्लो समय विभिन्न सवारीसाधनले ठक्कर दिएर फरार हुने (हिट

पश्चिम नवलपरासीमा आलुखेतीमा किसानको आकर्षण

नवलपरासी– बर्दघाट सुस्ता पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० का उमाशंकर चौधरीले

किशोरीलाई मात्र एचपीभी खोप लगाउँदा क्यान्सरको जोखिम यथावत, सरकार भन्छ- स्रोत छैन

काठमाडौं- सरकारले यसवर्ष ३ लाख बढी किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध