प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपतिसँग भने : लिपुलेकमा नेपाललाई ‘बाइपास’ गरिएको चीन–भारत सहमति आपत्तिजनक « Khabarhub

प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपतिसँग भने : लिपुलेकमा नेपाललाई ‘बाइपास’ गरिएको चीन–भारत सहमति आपत्तिजनक


१४ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक पास हुँदै भारत र चीनबीच भएको व्यापार सम्झौताबारे नेपाल सरकारको आपत्ति रहेको स्पष्ट पारेका छन्।

तियानजिनमा चीनका राष्ट्रपति सी चिनफिङसँग भएको द्विपक्षीय भेटवार्तामा प्रधानमन्त्री ओलीले लिपुलेक नेपालको भूभाग भएको भन्दै नेपाललाई बाइपास गरेर भएको सहमति अस्वीकार्य भएको बताएका हुन्।

उनले नेपालको भूमिसम्मान र सीमा सार्वभौमिकतामा कुनै सम्झौता हुन नसक्ने भन्दै भारत–चीनबीचको बुझाइबारे आपत्ति पत्रसमेत दर्ता भएको जानकारी गराएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ ।

प्रधानमन्त्री ओलीले चीनसँग नेपालको सम्बन्ध ऐतिहासिक विश्वास र पाँच सिद्धान्तमा आधारित शान्तिपूर्ण सहअस्तित्वमा रहेको उल्लेख गर्दै विकासका क्षेत्रमा चीनको सहयोगको प्रशंसा गरे।

तर, लिपुलेक मुद्दामा नेपालको प्रष्ट धारणा कायम रहेको र नेपाल आफ्नो सीमा हकहितमा अडिग रहने बताए। यसअघि भारत र चीनबीच भएको सहमति अनुसार लिपुलेक मार्गलाई व्यापारिक आवागमनका लागि प्रयोग गर्ने निर्णय भएको थियो।

उक्त कदमले नेपालभित्र चर्को आलोचना भएको छ। नेपालले निरन्तर लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र आफ्नो भूभाग भएको दाबी गर्दै आएको छ।

प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार  ८ : ३७ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने