बन्दीपुर केवलकारको आईपीओ भर्ने आज अन्तिम दिन « Khabarhub

बन्दीपुर केवलकारको आईपीओ भर्ने आज अन्तिम दिन


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयर (आईपीओ)मा आवेदन दिने आइतबार अन्तिम दिन हो । भदौ ११ गतेदेखि खुल्ला गरेको आईपीओमा माग भन्दा बढी आवेदन परिसकेको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बाँडफाँड गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले जारी पूँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७०६७ प्रतिशत अर्थात् ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता शेयर निष्काशन गर्ने छ ।

५ लाख ६६ हजार कित्ता आयोजना प्रभावितका लागि र ५ लाख २९ हजार ४०० कित्ता विदेशमा भएकाका लागि बाँडफाड गरेको छ । १ लाख ५८ हजार ८२० कित्ता शेयर कर्मचारीलाई र २ लाख ६४ हजार ७०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छ ।

बाँकी ४३ करोड ४१ लाख ८ हजार रुपैयाँबराबरको ४३ लाख ४१ हजार ८० कित्ता शेयर भने सर्वसाधारणका लागि छुट्याएको छ ।

आईपीओमा प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तामा आवेदन दिन पाइने छ ।

आयोजनाको जम्मा अनुमानित लागत ३ अर्ब ८५ करोड रुपैयाँ छ । आयोजनाको लगानी फिर्ता हुने अवधि ८.२२ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १०.०५ वर्ष छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड छ ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  ९ : ५० बजे

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा

देवघाटलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिँदै

चितवन– देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– केही दिनदेखि नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज भने

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

काठमाडौं– चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै छ

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला