‘हर्ष’को दुई पोस्टर सार्वजनिक « Khabarhub

‘हर्ष’को दुई पोस्टर सार्वजनिक


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एकता पौडेलको डेब्यू निर्देशनमा बनेको फिल्म ‘हर्ष’को दुई पोस्टर सार्वजनिक भएको छ । निर्माण पक्षले सोमबार फिल्मका मुख्य कलाकारको चरित्र खुल्ने दुई पोस्टर सार्वजनिक गरेको हो ।

एक पोस्टरमा नायक खगेन्द्र लामिछाने, नायिका वर्षा राउत, कलाकार सन्तोष पन्त र शर्मिला मल्ललाई प्रस्तुत गरिएको छ । तीन कलाकार प्रशन्न मुद्रामा छन् भने सन्तोष पन्त असन्तुष्ट देखिन्छन् । उनको छड्के हेराइ देख्न सकिन्छ।

यो पोस्टरले वर्षा र खगेन्द्र विवाहित जोडीमा रहेको संकेत गर्छ । उनीहरु छोरासँग रमाइरहेको देख्न सकिन्छ । छोराको भूमिकामा बालकलाकार साइमन बादी छन् ।

दोश्रो पोस्टरमा पनि खगेन्द्र र वर्षालाई पहिलो पोस्टरमा हँसिलो मुद्रामा देख्न सकिन्छ । पृष्ठभूमिमा रहेका कलाकारहरु नाचिरहेको देख्न सकिन्छ । यसमा भने साइमनलाई कृष्णको पहिरनमा प्रस्तुत गरिएको छ ।

एकता निर्देशक शिव रेग्मीकीको भान्जी हुन् । सोहीकारण पनि यो फिल्म प्रचारमा उनलाई सहायोग भएको छ । उनी फिल्म मेकिङको विद्यार्थीसमेत हुन् । उनैले यो फिल्म लेखेकी हुन् ।

अष्टलक्ष्मी प्रोडक्सन्स् र ई(प्राईम मुभिजको ब्यानरमा बनेको यो फिल्मको निर्माताहरु प्रशन्न पौडेल र विकास पौडेल हुन् ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  १ : १२ बजे

देउवा दाइहरू पार्टीमा आउने सम्भावना सकियो, गगन थापाको विकल्प छैन : गुरु घिमिरे

काठमाडौं- नेपाली कांग्रेसले यही १६ गतेबाट १५औं महाधिवेशन आयोजना गर्दैछ

चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

नारायणगढ – भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना

शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि रसियाका राजदूत

प्रतिनिधिसभा : सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र

बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

काठमाडौं– असोजः सांसदहरूले लगातारको वर्षाका कारण विभिन्न जिल्लामा भएको बाढीपहिरोबाट प्रभावितको