‘हर्ष’को दुई पोस्टर सार्वजनिक | Khabarhub Khabarhub

‘हर्ष’को दुई पोस्टर सार्वजनिक


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एकता पौडेलको डेब्यू निर्देशनमा बनेको फिल्म ‘हर्ष’को दुई पोस्टर सार्वजनिक भएको छ । निर्माण पक्षले सोमबार फिल्मका मुख्य कलाकारको चरित्र खुल्ने दुई पोस्टर सार्वजनिक गरेको हो ।

एक पोस्टरमा नायक खगेन्द्र लामिछाने, नायिका वर्षा राउत, कलाकार सन्तोष पन्त र शर्मिला मल्ललाई प्रस्तुत गरिएको छ । तीन कलाकार प्रशन्न मुद्रामा छन् भने सन्तोष पन्त असन्तुष्ट देखिन्छन् । उनको छड्के हेराइ देख्न सकिन्छ।

यो पोस्टरले वर्षा र खगेन्द्र विवाहित जोडीमा रहेको संकेत गर्छ । उनीहरु छोरासँग रमाइरहेको देख्न सकिन्छ । छोराको भूमिकामा बालकलाकार साइमन बादी छन् ।

दोश्रो पोस्टरमा पनि खगेन्द्र र वर्षालाई पहिलो पोस्टरमा हँसिलो मुद्रामा देख्न सकिन्छ । पृष्ठभूमिमा रहेका कलाकारहरु नाचिरहेको देख्न सकिन्छ । यसमा भने साइमनलाई कृष्णको पहिरनमा प्रस्तुत गरिएको छ ।

एकता निर्देशक शिव रेग्मीकीको भान्जी हुन् । सोहीकारण पनि यो फिल्म प्रचारमा उनलाई सहायोग भएको छ । उनी फिल्म मेकिङको विद्यार्थीसमेत हुन् । उनैले यो फिल्म लेखेकी हुन् ।

अष्टलक्ष्मी प्रोडक्सन्स् र ई(प्राईम मुभिजको ब्यानरमा बनेको यो फिल्मको निर्माताहरु प्रशन्न पौडेल र विकास पौडेल हुन् ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  १ : १२ बजे

भक्तपुरमा इन्द्रजात्रा सुरु

भादगाउँ– परम्परागत इन्द्रजात्रा आजदेखि भक्तपुरमा सुरु भएको छ । यहाँका

गगने खोलाको पहिरोले कर्णाली राजमार्ग फेरि अवरुद्ध

कालिकोट – कर्णाली राजमार्ग फेरि अवरुद्ध भएको छ। कालिकोटको शुभकालिका

बिर्तामोडमा गुणस्तर तथा नापतौलसम्बन्धी चेतनामूलक कार्यक्रम

झापा– झापाको बिर्तामोडमा गुणस्तर तथा नापतौलसम्बन्धी चेतनामूलक कार्यक्रम सम्पन्न भएको

पोर्चुगलमा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु, १८ घाइते

लिस्बन – पोर्चुगलमा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको

सुकुम्वासीभन्दा अव्यवस्थित बसोबासी बढी

बागलुङ– बागलुङमा भूमिहीन दलित, भूमिहीन सुकुम्वासीभन्दा अव्यवस्थित बसोबासी १३ गुणा