दयाहाङकी हुन नसकेकी ‘मैया’ फिल्ममा सँग-सँगै | Khabarhub Khabarhub

दयाहाङकी हुन नसकेकी ‘मैया’ फिल्ममा सँग-सँगै


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका रिश्मा गुरुङ बितेका ७ वर्ष फिल्मको पर्दाबाट गायब भइन् । अमेरिका बस्दै आएकी उनी २०८१ असोजमा फिल्म ‘रिमै’मा अभिनय गर्ने नेपाली आएकी हुन् ।

भदौ २० बाट यो फिल्म प्रदर्शनमा आउँदै छ । अहिले रिश्मा प्रचारमा सहभागी छन् ।

कबड्डी १ र २ ले चर्चामा आएकी फिल्मी गतिविधि अस्वभाविक मौनता देखिन्छ । उनलाई फिल्मको प्रस्ताव पनि जाने गर्छ । अझ दुई सुपरहिट फिल्म दिएकी नायिकालाई फिल्मको प्रस्ताव नजाने कुरै भएन ।

उनी आफैँ भन्छिन्, ‘कबड्डीपछि दर्जनजति फिल्मबाट प्रस्ताव आयो तर गरिनँ । मैले अस्वीकार गरेका केही फिल्म हिट भए, केही बनेकोसम्म थाहा छैन ।’

‘झुम्की’ फिल्म युट्युबमा सार्वजनिक भएपछि झन् प्रस्ताव आउने क्रम बढेको रिश्मा बताउँछिन् । उनी थप्छिन्, ‘मेरो लक्ष्य व्यवसायिक नायिका बन्ने नभएकाले फिल्महरू त्यति गरिनँ ।’

रेश्मालाई फिल्ममा लिन त्यति सजिलो पनि छैन । उनलाई मनाउन नै मुस्किल रहेको मेकरहरू बताउँछन् ।

‘रिमै’बाट कमब्याक

रिश्माको फुलफ्लेज नायिका रहेको पछिल्लो फिल्म ‘झुम्की’ हो । जुन ०७३ असोजमा प्रदर्शनमा आएको थियो ।

त्यसयता ७ वर्ष रिश्मा ठूलोपर्दाबाट गुमनाम छिन् । त्यहीकारण ‘रिमै’लाई उनी कमब्याककै रुपमा लिन्छन् ।

‘रिमै’को प्रस्ताव उनलाई यही फिल्मका निर्देशक खिलबहादुर गुरुङमार्फत् आएको हो । उनी रिश्माका नातेदार पनि हुन् ।

तर, आफूसँग यो फिल्मको प्रस्ताव आइपुग्नुको जस उनी लेकख उपेन्द्र सुब्बालाई दिन्छन् ।

स्क्रिप्ट तयार भएपछि निर्देशक गुरुङले उपेन्द्रलाई सोधेका थिए, ‘यो फिल्ममा नायिका कसलाई लिँदा हुन्छ ?’

उपेन्द्रले चुनौती भावमा गुरुङलाई जवाफ फर्काए । उनले भनेका थिए, ‘रिश्मा छ, उसलाई अनुबन्ध गर्न सक्छौँ ?’

उपेन्द्रको यही चुनौतीपूर्ण प्रश्नले निर्देशक गुरुङ रिश्मासम्म पुगेका हुन् ।

रिश्मा यो फिल्ममार्फत् कमब्याक तय हुनुको प्रमुख तीन कारण रहेको बताउँछिन् ।

पहिलो– गुरुङ संस्कृतिको कथा

रिश्मा आफैँ गुरुङ समुदायकी हुन् । आफ्नो समुदाय संस्कृति मिहिन ढंगले केलाएको कथा पाएकाले यस फिल्ममा राजी भएको उनको तर्क छ ।

भन्छिन्, ‘आफ्नै समुदायको कथा भएकाले पनि मैले यो फिल्म अस्वीकार गर्न सकिनँ ।’

दोस्रो– लेखक उपेन्द्र सुब्बा

उपेन्द्र सुब्बा कबड्डी सिरिजका लेखक हुन् । अर्थात्, रिश्मालाई धेरै दर्शक समक्ष चिनाउने लेखक नै उपेन्द्र हुन् । त्यहीकारण रिश्मालाई उपेन्द्रले लेखेको स्क्रिप्टमा विश्वास छ ।

उनी भन्छिन्, ‘उपेन्द्र सुब्बाले लेखेको फिल्म राम्रो हुन्छ भन्ने मलाई विश्वास छ । यो फिल्ममा अनुबन्ध हुनुको अर्को प्रमुख कारण उहाँ पनि हो ।’

तेस्रो– नायक दयाहाङ राई

डेब्यू फिल्म ‘कबड्डी’ मै रिश्माले दयाहाङ राईसँग सहकार्य गर्न पाइन् । जसबेला दयाहाङलाई उदयीमान स्टारका रुपमा लिइन्थ्यो ।

अहिले नेपाली फिल्म क्षेत्रको सबैभन्दा व्यस्त नायकमा दयाहाङ शीर्ष भूमिकामा छन् ।

यो फिल्ममा दयाहाङसँग पुनः सहकार्य गर्ने पाइने भएकाले अनुबन्ध हुन लालयित भएको रिश्मा बताउँछिन् ।

सबै फिल्ममा दयाहाङ

रिश्माका प्रदर्शनमा आएका तीन फिल्महरू ‘कबड्डी १ र २’ र ‘झुम्की’ हुन् ।

‘रिमै’ प्रदर्शनको संघारमा छ । यो फिल्म यही साताबाट प्रदर्शनमा आउँदै छ ।

रोचक कुरा– रिश्माका चारै फिल्मको नायक दयाहाङ राई छन् ।

यसबारे भन्छिन्, ‘मलाई मन परेको स्क्रिप्टको नायकमा दयाहाङ नै फाइनल हुनुहुन्छ । रोचक संयोग जुरेको छ ।’

‘रिश्मा’ सन् २०२१ मा फिल्म ‘क्रसरोड’को छायाङ्कन पनि गरेकी थिइन् । यस फिल्ममा नायक दयाहाङ थिएनन् । तर, यो प्रदर्शनमै आएन ।

त्यहीकारण पनि प्रदर्शनमा आएका उनको सतप्रतिशत फिल्ममा नायक दयाहाङ नै छन् ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  ६ : ३२ बजे

साढे ६ अंकले घट्यो नेप्से, कारोबारमा केही सुधार 

काठमाडौं– बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६.५५ अंकले घटेको छ

झुम्का कारागारमा भाइरलको प्रकोप, तीन कैदीको ज्यान गयो

विराटनगर- सुनसरीको झुम्कास्थित कारागारमा भाइरल ज्वरो फैलिँदा सयौँ कैदीबन्दी बिरामी

राष्ट्रिय परिचयपत्रमा दोहोरो नीति लिँदै नागरिकमाथि सरकारी अत्याचार

काठमाडौँ – सरकारले राष्ट्रिय परिचयपत्रबारे कथनी र करनीमा दोहोरो नीति

एनएमबि बैंक र बेस्ट वेस्टर्न प्लस काठमाडौंबीच साझेदारी 

काठमाडौं– एनएमबि बैंक र बेस्ट वेस्टर्न प्लस काठमाडौं होटलबीच साझेदारी

‘डिजिटल नेपाल बनाउन सवारीमा इम्बोस्ड नम्बर जरुरी’

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले डिजिटल नेपाल बनाउन