भारत पाकिस्तान विवाद उत्कर्षमा : एकले अर्काको लडाकु विमान खसालेको दाबीा « Khabarhub

भारत पाकिस्तान विवाद उत्कर्षमा : एकले अर्काको लडाकु विमान खसालेको दाबीा


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारत र पाकिस्तानबीचको तनाव उत्कर्षमा पुगिरहेका बेला दुवै मूलुकले आफूले सैन्य कारबाही अघि बढाएको दाबी गरेका छन् । भारतीय सेना र पाकिस्तानी सेनाले आफूहरुले अर्को मूलुकको लडाकु विमान खसालेको दाबी गरेका हुन् ।

भारतले अमेरिकामा निर्मित पाकिस्तानको ‘एफ १६’ लडाकु विमान खसालेको दाबी गरेको छ भने पाकिस्तानले पनि रुसमा निर्मित भारतका दुई लडाकु विमान ‘मिग १७’ खसालेको दाबी गरेको छ ।

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले ट्वीट गरेर पाकिस्तानी वायु सेनाले पाकिस्तानी एयर स्पेसमा प्रवेश हुन लागेको दुई भारतीय लडाकु विमानलाई खसालेको दाबी गरेका हुन् । पाकिस्तानको सेनाका अनुसार उनीहरुले भारतका एक पाइलटलाई समेत पक्राउ गरेका छन् ।

भारतीय सञ्चारमाध्यमहरुले भने जम्मु कश्मीरको बडगाममा भारतीय वायुसेनाका लडाकु विमान ‘मिग’ दुर्घटनामा परेको दाबी गरेका छन् । यो दुर्घटनामा दुई पाइलटको मृत्यु भएको छ ।

यता भारतले भने अमेरिकामा निर्मित पाकिस्तानी वायुसेनाको ‘एफ १६’ लडाकु विमान खसालेको दाबी गरेको छ । भारतले पाकिस्तानको सीमाभित्र ३ किलोमिटको दुरीमा भारतीय सेनाले पाकिस्तानको लडाकु विमान खसालेको दाबी गरेको हो । यद्यपि दुबै मुलुकले गरेको दाबीको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।

यसैबीच भारत र पाकिस्तान दुबै मुलुकको एक अर्काका लडाकु विमान खसालेको दाबी गरिरहेका बेला भारतले पञ्जाब तथा जम्मु–कश्मीरका नागरिक उड्ययन सेवा ठप्प पारेको छ ।

अर्को सूचना जारी नहुन्जेलसम्म पन्जाब र जम्मु कश्मीरका नागरिक उड्ययन सेवा ठप्प पारिएको भारतीय अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मंगलबार भारतीय वायुसेनाले पाकिस्तानी हवाई क्षेत्रमा प्रवेश गरी भारत प्रशासित कश्मीरमा ४० भन्दा धेरै अर्धसैनिकको ज्यान जाने गरी भएको आत्मघाती आक्रमणमा संलग्न आतंकवादी समूह जैश–ए–मोहम्मदको तालिम केन्द्र ध्वस्त पारेको दाबी गरेको थियो ।

त्यसयता भारत र पाकिस्तानबीचको सम्बन्ध अझ बिग्रदो अवस्थामा पुगेको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  १ : १० बजे

भारतमा कार दुर्घटना हुँदा ९ जनाको मृत्यु

नयाँदिल्ली– पश्चिमी भारतको महाराष्ट्र राज्यमा एक कार सडकबाट नियन्त्रण बाहिर

तीन तला माथिबाट खस्दा पाँच वर्षीया बालिकाको मृत्यु

बिर्तामोड– झापामा घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु

अष्ट्रेलियाकी विदेशमन्त्रीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई

 काठमाडौं– अष्ट्रेलियाले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई पदभार सम्हालेकोमा बधाई दिएको

रवि–ज्ञानेन्द्रबीच भेट, उपसभामुखमा सहकार्यको संकेत

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) का सभापति रवि लामिछाने र

लेबनान द्वन्द्वको असर, संयुक्त राष्ट्र क्षेत्रका कर्मचारी जोखिममा

एजेन्सी– लेबनानको दक्षिणी क्षेत्रमा शुक्रबार भएको विस्फोटमा इन्डोनेसियाका तीन कर्मचारी