मनसुनी वायुले आकाश छोडेन, दशैंको टीकाको दिन पनि वर्षाको सम्भावना | Khabarhub Khabarhub

मनसुनी वायुले आकाश छोडेन, दशैंको टीकाको दिन पनि वर्षाको सम्भावना


१९ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर आंशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वी भुभागका थोरै स्थानहरुमा र पश्चिमी भुभागका एक दुइ स्थानमा हल्कादेखि मध्ययम वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

मनसुन लम्बिँदा यस वर्षको बडादशैं हिले दशैं हुने भएको छ । यस वर्षको मनसुन असोज ६ गते सकिए पनि मनसुनी वायुले आकाश छाडेको छैन । मौसमविद समीर श्रेष्ठका अनुसार अघिल्लो न्यून चापीय वायु सकिएर घाम लाग्दा अब खुल्छ कि झैँ भएको थियो तर फेरि बादल लाग्न थालेको छ । यतिखेर मनसुनको न्यून चापीय रेखाका कारण नेपालको मौसममा प्रभाव परेको हो ।

केही दिनसम्म बदलीको अवस्था नै रहने अवस्था हुनेछ । बढीजसो यसपालिको वर्षाको प्रभाव प्रदेश ३ का साथै गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिममा कायम रहनेछ । मध्य र पश्चिमका केही भूभागमा भारी वर्षा पनि हुनसक्ने जनाइएको छ ।

असोजभरि नै बादल नेपालको आकाशमा देखिने सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताए । यो मनसुनी वायु अन्त्यपछि भने पश्चिमी वायु बलियो हुँदै जानेछ भन्दै श्रेष्ठले पोस्ट मनसुनको यो अवस्थामा चिसो हावा चल्ने र आकाश खुल्ने वातावरणसँग हिउँद लाग्ने बताए ।

यतिबेला पश्चिमी वायुस्थिर रहेकाले पनि अन्यत्रको मनसुनी वायुको असर नेपालमा लामो समय कायम रहेको अनुमान मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तो छ ३ दिने मौसमको पूर्वानुमान

मौसम विश्लेषण

भारतको उत्तर प्रदेश तथा बिहार आसपास न्यून चापीय प्रणाली रहेको छ । यही न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले नेपालको पूर्वी र मध्य भु-भागमा वर्षा भईरहेको छ । साथै पश्चिमि वायुका प्रभावका कारणले नेपालको पश्चिमि भु-भागमा आंशिक देखी सामान्य बदली भएको छ।

देशभर समग्र मौसमको अवस्था

हाल देशभर आंशिक देखि सामान्य वदलिको अवस्था रहेको छ। देशको पूर्वि तथा मध्य क्षेत्रका थोरै भू भागमा मेघ गर्जन सहित हल्का वर्षा भइरहेको छ |

असोज १९ गते (आइतबार)

दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वी भुभागमा थोरै स्थानहरुमा र पश्चिमी भुभागका १ वा २ स्थानहरुमा हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको छ ।

राति: देशभर आंशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वी भुभागमा थोरै स्थानहरुमा र पश्चिमी भुभागका १ वा २ स्थानहरुमा हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको छ ।

असोज २० गते (सोमबार)

दिउँसो: देशभरि आंशिकदेखि सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थानहरुमा र पश्चिमका एक -दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना छ।

राति: देशभर आंशिक देखि सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

असोज २१ गते (मंगलबार) शुभ विजयादशमीको दिन

दिउँसो: देशभरि आंशिकदेखि सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थानहरुमा र पश्चिमका एक -दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना छ।

राति: देशभर आंशिकदेखि सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७६, आइतबार  ७ : १६ बजे

विकास बोर्डको आग्रह : ‘पशुपति प्रसाद २’भन्दा बढी व्यापार गर्नेले निवेदन दिनू

काठमाडौं – चलचित्र विकास बोर्डले बितेका २५ वर्षमा प्रदर्शनमा आएर

एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको प्रावधान हटाउने प्रस्ताव

काठमाडौं- प्रमुख सत्तारूढ नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष पदसँगै ७० वर्षे

एमालेमा वरिष्ठ उपाध्यक्ष हटाउने प्रस्ताव, तीन उपाध्यक्षसहित ११ पदाधिकारी राखिने

काठमाडौं- प्रमुख सत्तारूढ नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष पद हटाउने प्रस्ताव

‘ऊर्जा विकास मार्गचित्र कार्यान्वयनमा साढे ४६ अर्ब अमेरिकी डलरको वित्तीय योजना तयार’

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ऊर्जा विकास मार्गचित्र

पूर्वराष्ट्रपति भण्डारीको विषयले एमालेमा प्रवेश पायो, अध्यक्ष ओलीले संवाद गर्ने

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई उचित भूमिका दिन तयार हुनुपर्ने कुरा