अविषेक र आकृतिलाई डेब्यू गराउँदै लभ स्टोरी फिल्ममा फर्किए दिनेश, सुरु गरे ‘कुमारी’काे सुटिङ « Khabarhub

अविषेक र आकृतिलाई डेब्यू गराउँदै लभ स्टोरी फिल्ममा फर्किए दिनेश, सुरु गरे ‘कुमारी’काे सुटिङ


१७ भदौ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अविषेक खड्का र आकृति राज भण्डारीलाई शीर्ष भूमिकामा डेब्यू गराउँदै निर्देशक दिनेश राउतले फिल्म ‘कुमारी’को छायाङ्क सुरु गरेका छन् ।

ललितपुरको बंगलामुखी मन्दिरमा मंगलबार शुभ मुहूर्त गरी राउतले फिल्मको छायाङ्कन सुरु गरेका हुन् । ३५ दिनमा छायाङ्कन सक्ने लक्ष्यका साथ उनी फ्लोरमा निस्किएका हुन् ।

राउत ‘आई एम सरी’, ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता दर्शकले मन पराएका लभस्टोरी फिल्मका निर्देशक हुन् । तर, उनले पछिल्लो समय निर्देशनको धार परिवर्तन गरेका थिए ।

‘पर्व’, ‘प्रसाद’, ‘प्रकाश’, ‘पुजार सार्की’ र ‘महाभोज’ जस्ता सामाजिक कथाका फिल्म उनले निर्देशन गरेका थिए । पाँच सामाजिक कथाको फिल्म निर्देशन गरेपछि उनी पुनः लभस्टोरीमा फर्किएका हुन् ।

अर्थात् उनी आठ वर्षपछि प्रेम कथा जनारको फिल्ममा फर्किएका हुन् । यसमा उनले नव प्रतिभालाई स्थान दिएका छन् ।

अविषेक र आकृति दुवैले अहिलेसम्म कुनै फिल्ममा शीर्ष भूमिका निर्वाह गरेका छैनन् ।

निर्माण पक्षका अनुसार यस फिल्ममा घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा र भूपी लुहारजस्ता कलाकारहरूको पनि अभिनय रहनेछ।

यो फिल्मको लेखक विकास सुबेदीले लेखेका हुन् । विनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा बन्ने यस फिल्मको निर्माता महेन्द्र अधिकारी हुन् ।

प्रकाशित मिति : १७ भदौ २०८२, मंगलबार  १ : ३६ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको