दीपकराजको हललाई बहिष्कार गर्ने सन्तोषको गोप्य योजना « Khabarhub

दीपकराजको हललाई बहिष्कार गर्ने सन्तोषको गोप्य योजना


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार दीपकराज गिरी र निर्देशक सन्तोष सेनको फेसबुकको शब्द युद्धले फरक रुप लिने भएको छ । यसको असर हलसम्म पुग्ने देखिएको छ ।

दीपक र सन्तोषको दुस्मनी नयाँ होइन । पुरानै हो । गत दशैँमा ‘छक्क पञ्जा ५’ र ‘१२ गाउँ’ले बक्स अफिस प्रतिस्पर्धा गरेदेखि यी दुईको सम्बन्ध चिसिएको हो ।

यी दुई फिल्मको बक्स अफिस प्रस्पिर्धामा सन्तोषको कुनै हात छैन । तर, दीपकको आरोप छ, ‘सामाजिक सञ्जलामा छक्का पञ्जा ५ प्रति भएका नकारात्मक टिप्पणीको नाइके सन्तोष हुन् ।’

त्यसैले दीपकले ‘छक्का पञ्जा ५’ व्यापारिक रुपमा सफल भएपछि सन्तोषलाई ‘कमान्डर’को ट्याग थमाइदिएका थिए ।
अर्थात्, ‘साइबर सेना’को कमान्डर ।

सन्तोषले दीपकको उक्त अभिव्यक्तिको खण्डन त्यही बेला गरेका थिए ।

अब सन्तोषले साइबर सेनको परिचालन गरेका थिए वा थिएनन् उनैलाई थाहा होला । नभए दीपकको ‘कान फुक्ने’लाई थाहा होला, कि दीपकलाई नै थाहा होला ।

‘विराज भट्टका छोरा समीरलाई ब्रान्डिङ गर्न’ साइबर सेना परिचालन गरेको हुन सक्ने अड्काल राख्ने पनि छन् । किनकि समीरले फिल्ममा डेब्यू नगर्दै सन्तोषले फिल्म ‘बलिदान’मा साइन गराएका थिए ।

‘समीरलाई स्टारको रुपमा उभ्याउन सके ‘बलिदान’लाई फाइदा पुग्ने कोणबाट सन्तोषले सोचेर ‘साइबर सेना’ परिचालन गरे कि भन्ने शंका गर्ने सुविधा पनि छ ।

जे होस् दीपक र सन्तोषको सम्बन्ध बिग्रिएको सत्य हो ।

जसरी अघिल्लो वर्षको दशैँमा सन्तोषको फिल्म प्रदर्शनमा आएको थिएन । यो पटक दीपकको फिल्म छैन ।

फिल्म नआउँदा पनि सन्तोष अघिल्लो वर्ष विवाद परे । त्यस्तै यो वर्ष आफ्नो फिल्म नआउँदा पनि दीपक विवादमा परेका छन् ।

फरक यति हो कि– दीपकको अभिव्यक्तिले सन्तोष विवाद आएका थिए ।

तर, दीपका आफ्नै अभिव्यक्तिले विवादमा आएका हुन् ।

यो फूलपातीमा तीन फिल्म ‘बलिदान’, ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’ले बक्स अफिस प्रतिस्पर्धा गर्दैछन् ।

‘माइतीघर’का निर्माता रोहित अधिकारीको स्ट्याटसबाट यो विवाद सुरु भएको हो ।

रोहितले ‘बलिदान’को पोस्ट सेयर गर्ने एक फेसबुक प्रोफाइलले ‘माइतीघर’बारे नकारात्मक टिप्पणी गरेको भेटे । त्यसको स्क्रिनसट सेयेर गर्दै लेखे, ‘यसको नाइकेलाई नाङ्गे झार बनाउन सकिन भने मलाई मान्छे नभन्नु… बरु फिल्म रोकिन्छ यसलाई तह लाइन्छ, कसम ।’

लगत्तै रोहितले सन्तोष लक्षित तुच्छ गाली समावेश स्ट्याटस समेत राखेका थिए ।

यो सोमबारको कुरा थियो ।

यही परिदृश्यमा दीपकराजले स्ट्याट्स लेखे, ‘आफ्नो फिल्मको प्रचार गर्नुको साटो अरुको फिल्मलाई गाली गर्न लगाउने काम बन्द गरौं । आफ्नो हिरो बाघ ! अरुको स्याल ? याद गरौं बाघ पनि जनावर नै हो !’

सन्तोषले समीरलाई ‘बाघ’को ट्याग दिँदै फिल्मको प्रचार गरिरहेका छन् । सन्तोषलाई दीपकको स्ट्याट्स आफू लक्षित लागेछ । यसलाई स्वभाविक मान्न सकिन्छ ।

सन्तोषले दीपकलाई ‘पापी’को संज्ञा दिँदै केमेन्ट ठोक्न भ्याए । सन्तोषले लामो टिप्पणी गरेका छन् । सारशंमा भन्दा सन्तोषले आफूले साइबर सेना परिचालन गरेको झुटो हो भन्ने दाबी गरेका छन् । उनले पशुपतिनाथकै कसम खाएका छन् ।

उनले दीपकलाई प्रश्न समेत गरेका छन्, ‘बलिदानमा आएका नकारात्मक प्रतिक्रिया तिम्रो समूहको हो ?’

सन्तोषको कमेन्ट पनि व्यवसायिक चरित्रको होइन ।

दीपकले गलत्तै अर्को स्ट्याट्स राखे । उनले लेखे, ‘चोरको खुट्टा काटभन्दा खुट्टा उचाल्यो चारेले ! विचरो न त व्याङ्ग्य बुझ्छ । न बौद्धिकता थाहा छ । बुरुक्क बुरुक्क साँडे उफ्रे झैँ उफ्रिन्छ । माया लाग्छ ।’

यो मंगलबार एका बिहानैको कुरा हो ।

दीपकले जस्तो तर्क गरे पनि उनको पहिलो स्ट्याट्स सन्तोष लक्षित नै थियो । त्यहाँ प्रयोग भएको ‘बाघ’ शब्दले त्यही जनाउँछ ।
अर्थात्, उनी ‘माइतीघर’का निर्माता रोहितको फेबरमा उभिएको देखिन्छ ।

यहाँ मुख्य कुरा– दीपक कलाकार र निर्माता मात्रै होइनन्, उनी हल मालिक पनि हुन् । बानेश्वरमा उनको आईएनआई चेन अन्तर्गतको हल छ ।

यहाँ प्रश्न उठ्छ– हल मालिकले एक निर्माताको पक्षमा सार्वजनिक रुपमा उभिन मिल्छ ? दीपकले गर्न खोजेका के होलान् ? ‘लुतो न कन्याइँ’ विषयमा किन बोल्नु परेको होला ?

एक निर्मातालाई तुच्छ शब्दले फेसबुके गाली गरिरहेको अर्को निर्माताको पक्षमा किन बोल्नु परेको होला ? चर्चाका लागि भनौं भने दीपक यहाँभन्दा बढी कति चर्चित हुने होला ?

बहिस्कारको तयारीमा सन्तोष

रोहित, दीपक र सन्तोष तीनैको स्ट्याट्सको अर्थ एक अर्कालाई खुइल्याउने देखिन्छ । तर, सन्तोषको शब्द चयन अलि सभ्य छ।

सभ्य ?

दीपक र रोहितको भन्दा चाहिँ अलि सभ्य । उनले दीपकलाई मान्छे कै रुपमा गाली गरेका छन् । दीपकले जनावरसम्म भन्न भ्याएका छन् । रोहितको स्ट्याट्स त दुई जना अपरिचित अगाडि पढ्नै सकस ।

सन्तोष पनि दीपक र रोहितकै लेभलमा उत्रिएर गाली गलौचमा उत्रिने मनस्थितिमा पुग्दा टिमले रोकेको पाइएको छ ।

दीपकले आफूमाथि अन्याय गरेको सन्तोषको ठहर छ । टिमले ‘चुप बस्नू’भन्दा उनको चित्त बुझेको थिएन ।

तर, एक निर्णयमा पुगेपछि केही शान्त बनेको उनी निकट स्रोतले बताएको छ ।

स्रोतका अनुसार त्यो निर्णय हो– दीपकको हल बहिस्कार ।

स्रोत भन्छ, ‘नभएको आरोप लगाएपछि मौन किन बस्ने भन्ने निर्देशकको तर्क छ । तर, गालीमा उत्रदा राम्रो सन्देश जाँदैन भन्ने कुरा आयो । दीपकलाई रचनात्मक काउन्टर दिन उनले सञ्चालन गरेको हल बहिष्कार गर्ने निर्णयमा बलिदान टिम पुगेको छ । यो कार्यान्वयन गर्न सन्तोषजी एग्रेसिभ हुनुहुन्छ ।’

केही दिनमै ‘बहिष्कार’बारे सन्तोषले सार्वजनिक अभिव्यक्ति दिने आन्तरिक तयारी रहेको स्रोतको दाबी छ ।

स्रोत थप्छ, ‘सन्तोषजीले सार्वजनिक अभिव्यक्ति नदिए पनि दीपकको हलमा बलिदान लाग्दैन । यसमा ढुक्क हुनु ।’

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  ९ : १२ बजे

तीनदीनसम्म देशभर मौसम सक्रिय नरहने

काठमाडौं– हाल तीनदीन सम्म देशभर मौसम सक्रिय नरहने जल तथा

२४ घण्टामा विपद्का ४९ घटना : तीन जनाको मृत्यु, १९ घाइते

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर मनसुनजन्य विपद्का ४९ वटा घटना

बिहानैबाट खोज्न थालियो भोटेकोसीमा चालकसहित बेपत्ता गाडी

काठमाडौं–  शनिबार भोटेकोसी नदीमा चालकसहित खसेको गाडीको बिहानै देखि खोजी

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

हङकङ– शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि ग्वाङडोङ

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

जनकपुरधाम– प्रतिबन्धित लागूऔषध नियन्त्रणका लागि प्रहरीले मधेस प्रदेशमा विशेष अभियान