शाहरुखको अधूरो प्रेमकथा, प्रियंकाले पूरा गरिन् ‘द साइक्ल अफ लभ’ | Khabarhub Khabarhub

शाहरुखको अधूरो प्रेमकथा, प्रियंकाले पूरा गरिन् ‘द साइक्ल अफ लभ’


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउडका सुपरस्टार शाहरुख खान र ग्लोबल आइकन प्रियंका चोपडाका फिल्मलाई सधैं फ्यानले अपार माया दिएका छन्। तर अब यी दुई कलाकारको बाटो फरक भए पनि उनीहरूलाई जोड्ने एउटा अधूरो कथा पुनः चर्चामा आएको छ।

भारतीय मिडिया रिपोर्टअनुसार प्रियंका चोपड़ाले आफ्नै प्रोडक्सन हाउस (पर्पल पेबल पिक्चर्स) अन्तर्गत नयाँ अन्तर्राष्ट्रिय प्रोजेक्ट सुरु गरेकी छिन्। यो भारत र स्विडेनको सहकार्यमा बन्ने डक्युमेन्ट्री हो, जसको नाम ‘द साइक्ल अफ लभ’ राखिएको छ।

विशेष कुरा के भने- यो कथा पहिले शाहरुख खानलाई लिएर बलिउडमा बनाउन खोजिएको थियो। डक्युमेन्ट्रीको कथा दिल्लीका चर्चित स्ट्रीट आर्टिस्ट पीके महानन्दिया वरिपरि घुम्छ। उनले सन् १९७७ मा आफ्नी स्विडेनकी प्रेमिकासँग भेट गर्न ६ हजार माइल (९,६५६ किलोमिटर) लामो दूरी साइकिल मार्ग हुँदै तय गरेका थिए।

एउटा साधारण युवक, जोसँग मुट्ठीभर पेन्टब्रस र सेकण्डह्याण्ड साइकिल मात्र थियो, तर आफ्नी प्रेमिकाको खोजीमा उनले एशिया हुँदै युरोपसम्मको यात्रालाई सम्भव बनाए। यो कथा केवल भारतमै नभई विश्वकै सबैभन्दा रोमान्टिक यात्रामध्ये एक मानिन्छ।

यस डक्युमेन्ट्रीलाई ओर्लान्डो भोन आइन्सिडेलले निर्देशन गरिरहेका छन्। ओर्लान्डो त्यही फिल्ममेकर हुन् जसको सीरियाली युद्धमाथि बनेको ‘द व्हाइट हेल्मेट्स’ डक्युमेन्ट्रीले सन् २०१७ मा ओस्कार जितेको थियो।

यस कारण ‘द साइक्ल अफ लभ’ लाई अन्तर्राष्ट्रिय स्तरमै महत्त्वपूर्ण प्रोजेक्टको रूपमा हेरिएको छ। यही कथासँग बलिउडको एउटा अधूरो सपना पनि जोडिएको छ।

सन् २०१३ मा चर्चित निर्देशक संजय लीला भन्साली ले यसै विषयमा इजहार नामक फिल्म बनाउन योजना बनाएका थिए। त्यसबेला शाहरुख खानलाई पीके महानन्दियाको भूमिकामा देखाउने तयारी भएको थियो।

फिल्ममा उनले आफ्नी प्रेमिकाको खोजीमा हजारौं किलोमिटरको साइकिल यात्रा गर्ने युवकको भूमिका निर्वाह गर्ने थिए। तर अज्ञात कारणले गर्दा यो फिल्म बीचमै रोकियो र कहिल्यै पर्दामा आउन सकेन।

अब त्यही अधूरो कथालाई प्रियंका चोपड़ाले नयाँ जीवन दिएकी छिन्। उनले यसलाई फिल्म नभएर डक्युमेन्ट्रीमार्फत विश्वसामु ल्याउँदैछिन्।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  ६ : ४४ बजे

मानव–वन्यजन्तु द्वन्द्व रोक्न वनमा पानीको प्रबन्ध

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरको नमुना मध्यवर्ती सामुदायिक वनमा सौर्य ऊर्जाबाट

जनसभाका लागि एमालेका केन्द्रीय नेता जिल्लामा

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अधिकांश जिल्ला सदरमुकाममा र्‍यालीसहित जनसभा

जर्मनीद्वारा युक्रेनलाई थप सहयोग प्रदान गर्ने घोषणा

जर्मनी– जर्मनीले युक्रेनलाई आवश्यक सामग्री र हतियारका लागि १५० करोड

लडेर सात वर्षीय बालिकाको मृत्यु

ताप्लेजुङ– जिल्लाको फुङ्लिङ नगरपालिका-९ हाङदेवामा लडेर एक बालिकाको निधन भएको

कोबाङ–जोमसोम सडक आठ वर्षदेखि अलपत्र

मुस्ताङ– उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना (बेनी–जोमसोम) अन्तर्गत कोबाङ–जोमसोम खण्ड