वीरगन्जमा नियन्त्रणतर्फ हैजा र झाडापखाला (तस्बिरहरू) « Khabarhub

वीरगन्जमा नियन्त्रणतर्फ हैजा र झाडापखाला (तस्बिरहरू)


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वीरगन्जमा फैलिएको हैजा र झाडापखालाको महामारी मत्थर हुने क्रममा रहेको छ । हैजाबाट निको भई घर फर्किनेको संख्या बढ्दै गएको छ।

स्वास्थ्य कार्यालय पर्साका अनुसार मंगलबार बेलुकासम्म ९३४ जना झाडापखालाका बिरामी अस्पतालमा भर्ना भएकामा ८६२ जना उपचारपछि घर फर्किसकेका छन् । ७२ जना अहिले पनि उपचाररत छन् ।

नयाँ संक्रमित थपिने क्रम पनि जारी छ । हालसम्म १९३ जनामा हैजा पुष्टि भइसकेकोमा १८२ जना घर फर्किसकेका छन् भने अन्य ११ जना उपचाररत छन् ।

गत २८ साउनदेखि फाटफुट रूपमा झाडापखालाका बिरामी देखा परे पनि गत सातादेखि प्रकोपको रूप लिएको थियो । वीरगन्जमा फैलिएको हैजाको स्रोत भने अझै पत्ता लागेको छैन ।

तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  ११ : २३ बजे

खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट

काठमाडौं – नेपाल वायुसेवा निगमले खाडी मुलुकमा जाने नेपाली श्रमिकका

पूर्वीनाकाबाट कफीको आयात बढ्यो

झापा – पूर्वीनाका काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम

एनपीएल : बसिर अहमद बने अर्धशतक बनाउने १३औँ खेलाडी

काठमाडौं – विराटनगर किङ्ग्सका बसिर अहमद राजधानीमा जारी नेपाल प्रिमियर

प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आज जेन-जी आन्दोलनका अगुवा प्रतिनिधिहरूसँग छलफल