विद्यार्थीमैत्री विधेयक बनाउन एमालेलाई ध्यानाकर्षण « Khabarhub

विद्यार्थीमैत्री विधेयक बनाउन एमालेलाई ध्यानाकर्षण


१८ भदौ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विद्यालय शिक्षा विधेयकलाई विद्यार्थीमैत्री बनाएर मात्रै अगाडी बढाउनुपर्ने माग राख्दै विद्यार्थीहरूले एमालेको ध्यानाकर्षण गराएका छन् ।  

विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टी जनाउदै संयुक्त विद्यार्थी संगठनले बुधबार सिंहदरबारस्थीत एमाले संसदीय दलको कार्यालयमा एमाले प्रमुख सचेतक महेश बर्तौलालाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

प्रस्तावित विद्यालय शिक्षा विधेयक नेपालको संविधान २०७२ र आम नागरिकको नैसर्गिक अधिकार विरुद्ध रहेको उनीहरूको आरोप छ ।

साथै उनीहरूले नेपालको शिक्षालाई चरम निजीकरणतर्फ धकेल्दै सार्वजनिक शिक्षालाई तहसनहस पार्ने स्थिति सिर्जना भएको भन्दै निःशुल्क र समान शिक्षा को माग गरेका छन् । 

विद्यार्थी संगठनको ज्ञापन पत्र बुझ्दै एमाले प्रमुख सचेतक बर्तौलाले विद्यालय शिक्षा विधेयक सदनमा पेश भइसकेको अवस्थामा सकेसम्म जायज सुझावका बारेमा छलफल गर्ने आश्वासन दिए ।  

संयुक्त विद्यार्थी संगठनले आफूहरूका मागका बारेमा सुनुवाइ नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । 

प्रकाशित मिति : १८ भदौ २०८२, बुधबार  १२ : ४६ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली