ट्रम्पले सीलाई भने- चीनलाई स्वतन्त्रता दिलाउन हामीले लगाएको गुण नभुल्नू « Khabarhub

ट्रम्पले सीलाई भने- चीनलाई स्वतन्त्रता दिलाउन हामीले लगाएको गुण नभुल्नू


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


600
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका राष्ट्रपति सी जिनपिङलाई दोस्रो विश्वयुद्धताकाको समय सम्झाएका छन् । चीनले भिक्ट्री डेका अवसरमा शक्ति प्रदर्शन गरेकै दिन उनले चीनलाई स्वतन्त्रता दिलाउन अमेरिकाले गरेको सहयोग र बलिदानलाई सम्झन आग्रह गरेका हुन्।

‘चीनको विजय र गौरवको यात्रामा धेरै अमेरिकीहरूले ज्यान गुमाए। आशा छ, उनीहरूको वीरता र बलिदानलाई उचित सम्मान र सम्झना गरिरहनेछु, भनेका छन् ।

उनले राष्ट्रपति सी र चीनका जनतालाई यो उत्सवको दिनको शुभकामना दिँदै अमेरिकी सैनिकहरूको योगदानलाई स्मरण गर्न अपील गरेका छन् ।

सन्देशमा उनले रसियन राष्ट्रपति भ्लादिमिर पुटिन र किम जोङ उनलाई पनि शुभकामना पठाएका छन्। ट्रम्पले व्यङ्ग्यात्मक शैलीमा चीन, रसिया र उत्तर कोरियालाई संयुक्त राज्य अमेरिका विरुद्ध षड्यन्त्र गरिरहेको उल्लेख गरेका छन्।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  २ : ०५ बजे

वित्तीय सुशासनका लागि अनिवार्य विद्युतीय भुक्तानी : अर्थमन्त्री खनाल

पाटन– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले वित्तीय सुशासन कायम गर्नका लागि सरकारले

ससुरा अर्जुननरसिंहबारे गगनको स्पष्टीकरण : मेरो दबाबले समानुपातिक सूचीमा राखिएको होइन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी नेता अर्जुननरसिंह केसीलाई

‘युक्रेन संकट समाधानका लागि संवाद र वार्ताको आवश्यकता’

एजेन्सी– युक्रेन संकटको दीर्घकालीन समाधानका लागि संवाद र वार्ता मात्र

समानुपातिकतर्फ नेकपाले दियो युवा नेताहरू र जेन-जीलाई अवसर

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले फागुन

नयाँ पुस्तालाई अवसर दिनुपर्छ भन्ने एमालेले व्यवहारमै देखायो : उपप्रमुख डंगोल 

काठमाडौं– काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले राष्ट्रको अस्तित्वलाई बचाउने हो