राप्रपा कार्यालयमा शिक्षक महासंघको धर्ना  « Khabarhub

राप्रपा कार्यालयमा शिक्षक महासंघको धर्ना 


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत शिक्षकहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कार्यालयमा धर्ना दिएका छन् । 

आफूहरूसँग भएको सहमति पूर्ण रूपमा कार्यान्वयन नगरिएको भन्दै नेपाल शिक्षक महासंघले बुधबार धुम्वाराहीस्थीत राप्रपा कार्यालयमा धर्ना दिएका हुन् ।

विधेयकमा उल्लेख धेरै विषय सकारात्मक रहे पनि शिक्षक कर्मचारीका मुख्य सरोकार र यसअघि भएको सहमतिमा रहेका धेरै विषयहरू अझै पनि सम्बोधन हुन नसकेको आन्दोलन गर्नु परको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए । 

आफ्ना माग मुद्दाहरू समेटिने गरी संसद्‍‍मा छलफल गर्नका लागि ध्यानाकर्षण गराउन महासंघले राजनीतिक दलका कार्यालयमा धर्ना दिएको उनले बताए ।

अध्यक्ष सुवेदीले भदौ २१ गते दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने उल्लेख गरे । 

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  २ : ३० बजे

फ्लोरिडा वार्तापछि ट्रम्पलाई इजरायल शान्ति पुरस्कार दिने नेतान्याको घोषणा

एजेन्सी– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सोमबार फ्लोरिडामा दुई नेताहरू बिचको

बालेनलक्षित ओलीको टिप्पणी : प्रधानमन्त्री जस-जसले बाँडे पनि एमाले-कांग्रेसकै बहुमत आउँछ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कसैलाई प्रधानमन्त्री, कसैलाई

चोरी गरेको ६५ लाख रकमसहित एक युवक पक्राउ

दाङ– दाङको तुलसीपुर उपमहनगरपालिका–६ गोलौराका एक युवकलाई चारी गरेको ६५

बालेन र रविमाथि एकसाथ खनिएका ओलीले गरे टोपबहादुरको बचाउ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीका

रास्वपाका समानुपातिक उम्मेदवार : पहिले दाइको पालो, अहिले भाइको पालो

काठमाडौं- सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ मा प्रतिनिधि