सार्वजनिक नीति र संघीयता सबलीकरण समितिको बैठक बस्दै | Khabarhub Khabarhub

सार्वजनिक नीति र संघीयता सबलीकरण समितिको बैठक बस्दै


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका दुईवटा उपसमितिको बैठक बस्दै छन् । बिहीबार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेका हुन् ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो साढे १२ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रत्यायोजित विधायन र कानून समाजसँग समितिको सहकार्य सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

छलफलका लागि पूर्व उपसभामुख तथा नेपाल कानून समाजकी अध्यक्ष पुष्पा भुसाल र नेपाल कानून समाजका कार्यक्रम निर्देशक मोहनलाल आचार्यलाई आमन्त्रण गरिएको छ ।

यसैगरी, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ । बैठकमा समितिको आर्थिक वर्ष २०८२–०८३ को वार्षिक कार्ययोजनामाथि छलफल र पारित, लुम्बिनी प्रदेश अन्तर्गत भएका अनुगमन एवं अन्तरक्रियाको प्रतिवेदनमाथि छलफल र पारित गर्ने तयारी छ ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  ६ : ३५ बजे

‘एमपक्स’का कारण अफ्रिकामा दुई हजार जनाको मृत्यु, सङ्क्रमण घट्दै

आडिस आबाबा – अफ्रिकामा फैलिरहेको ‘एमपक्स’ का (मन्कीपक्स)को महामारीले सन्

चिठीपछि विद्याको भिडियो सन्देश : विधान महाधिवेशनमा मलाई रोकियो, तपाईंहरू मिलेर अघि बढ्नुस्

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले पठाएको पत्र अध्ययन गरेर सुझाव

सुनुवाइ समिति सभापतिमा रामहरिलाई रोक्न रास्वपाको माग

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य रामहरि खतिवडालाई

बेपत्ता युवाको शव कालीगण्डकी नदीमा फेला

बेनी- म्याग्दीको सदरमुकाम बेनीबाट गत शनिबार रातिदेखि सम्पर्कविहीन भएका दुई

पाल्पामा ब्लड बैंक सञ्चालन

तानसेन– जिल्लाको तानसेनमा ब्लड बैंक सञ्चालनमा ल्याइएको छ । ‘हाम्रो