रास्वपा सार्वजनिक मामिला विभागका सचिवमाथि अक्रमण « Khabarhub

रास्वपा सार्वजनिक मामिला विभागका सचिवमाथि अक्रमण


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सार्वजनिक मामिला विभागका सचिव बदन भण्डारीमाथि आक्रमण भएको छ।

रास्वपा सभापति रवि लामिछानेका सहयोगी प्रमोद न्यौपानेका अनुसार गएराति कपनको प्रगति चोकमा भण्डारीमाथि आक्रमण भएको हो।

नम्बर प्लेट छोपेर एउटा मोटरसाइकलमा पुगेका तीन जनामध्ये दुई जनाले रड प्रहार गरेको न्यौपानेको भनाइ छ। बदनलाई उद्धत गर्दै न्यौपानेले दिएको जानकारी अनुसार अर्को एक जनासँग खुकुरी थियो।

रड प्रहारबाट १० वटा टाँका लगाउनु पर्ने गरी टाउकोमा गहिरो चोट लागेको छ। भण्डारीका शरीरभर डाम छन्। न्यौपानेका अनुसार भण्डारीले भागेर ज्यान बचाएका हुन्। उनको गाडी तोडफोड गरिएको छ।

रास्वपाले घटनाको विषयमा प्रहरीलाई जानकारी गराएको बताएको छ। उसले आक्रमणको कारण राजनीतिक भएको भन्दै निष्पक्ष छानबिन गर्न भनेको छ।

यसअघि बदनलाई नारी टीभीमा दिएको अन्तरवार्तालाई लिएर निरन्तर धम्की आएको खुलेको छ। केहीअघि अफिसमै आएर उनीबारे सोधखोज पनि गरिएको थियो।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  १० : ३२ बजे

राप्रपा र नेकपा भित्रको विवादले बागमती प्रदेशसभा बैठक प्रभावित, मुख्यमन्त्रीले विश्वासको मत भोलि लिने

हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत

युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै

काठमाडौं – सन् २०२६ को गर्मीयाम युरोपमा असामान्य तापक्रम र

स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

स्याङ्जा – गल्याङ नगरपालिका–३ गल्याङ बजारबाट साङलियातर्फ गइरहेको जिप आज

जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल

काठमाडौं – जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग सम्बोधन

तीन प्रदेश सभा सदस्य हटाउन राप्रपाले पठाएको पत्र दर्ता, उपसभामुखको निर्देशन : संविधान र कानुनअनुसार पेश गर्नू

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभाका आफ्ना तीन