जोखिमसाथ डुङ्गाबाट वारपार गर्न बाध्य « Khabarhub

जोखिमसाथ डुङ्गाबाट वारपार गर्न बाध्य


१९ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- बैतडीको तल्लोसोराड क्षेत्रका नागरिक महाकाली नदीमा जोखिम लिएर भएपनि डुङ्गाबाट वारपार गर्न बाध्य भएका छन् । महाकाली नदीमाथि झोलुङ्गे पुल नहुँदा स्थानीयवासीले जोखिम मोलेरै डुङ्गाबाट ओहोरदोहोर गर्नुपर्ने बाध्यता छ।

दैनिक उपभोग्य सामग्रीदेखि उपचारका लागि सीमावर्ती भारतीय बजार निर्भर हुनुपरेकाले डुङ्गाको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहिआएको स्थानीय शिक्षक महामलसिंह साउदले बताए।

बर्सातको समयमा डुङ्गाबाट आवतजावत गर्न निकै डर लाग्ने गरेको उनले बताए । तल्लोसोराड क्षेत्रमा ६ भन्दा बढी घाटबाट डुङ्गाबाटै ओहोरदोहोर गर्ने गरिएको छ ।

बर्सातका समयमा पुल नहुँदा डुङ्गाकै भरले महाकाली नदी तर्नुपर्ने बाध्यता रहिआएको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए ।

वि.सं २०७४ सालमा पञ्चेश्वर महाकाली नदीमाथि पुल बनाउने भनेर ठेक्का भएको भएपनि भारतले सहमति नदिँदा सो क्षेत्रमा पुल बन्न सकेको छैन ।

अहिले ठेक्का रद्द भइसकेको अध्यक्ष चन्दले बताए। भारतले पञ्चेश्वरको डुबान क्षेत्रमा झोलुङ्गे पुल बन्न लागेको भन्दै सहमति नदिएको बताइएको छ ।

तल्लोसोराड क्षेत्रमा कच्ची सडक भएकाले बर्सातको समयमा हरेक चीजका लागि भारतीय बजारमै निर्भर रहनु परेको छ । महाकाली नदीमा डुङ्गाको भरमा यात्रा गर्न थालेको वर्षौं भएपनि पुल निर्माणका लागि सरकारले चासो नदिएको स्थानीयवासीले बताएका छन् ।

तल्लोसोराडवासीको पीडा आफूले परराष्ट्र मन्त्रालयमा भनेको भए पनि अहिलेसम्म समस्या समाधान हुन नसकेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष चन्दले बताए ।

प्रकाशित मिति : १९ आश्विन २०७६, आइतबार  ४ : ३२ बजे

राष्ट्रियसभाको बैठक सुरु,यस्तो छ कार्यसूची

काठमाडौं– राष्ट्रियसभाको बैठक प्रारम्भ भएको छ । संसद् सचिवालयले जारी

बालेन यसअघि मेयर भएका कारण यो सहरमा गरिब बाँच्न नपाउने भए : ज्ञानेन्द्र शाही

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बालेन्द्र

एमालेले भन्यो- गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ

काठमाडौं– नेकपा एमालेका सांसद भूमिका लिम्बु सुव्वाले गणेश नेपालीको मृत्युको

आज पनि देशमा नागरिकहरूसँग सहकार्य होइन, प्रतिद्वन्द्विता बढाउने क्रम जारी छ : पूर्व गृहमन्त्री अर्याल

काठमाडौं– पूर्व गृहमन्त्री ओमप्रकाश अर्यालले अहिले पनि देशमा नागरिकसँग सहकार्य

प्रधानमन्त्रीलाई कांग्रेस प्रश्न– मेयर हुँदा लेखेको स्टाटस आज सम्झिनुभएको छ कि बिर्सिनुभयो ?

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक बासना थापाले राज्य आतङ्कका कारण