रास्वपा र राप्रपाले गरे प्रतिनिधिसभा बैठक बहिष्कार « Khabarhub

रास्वपा र राप्रपाले गरे प्रतिनिधिसभा बैठक बहिष्कार


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का सांसदहरूले बिहीबार पनि प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् ।  

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै दुई दलका सांसदहरूले निरन्तर संसद् बहिष्कार गरेका हुन् ।

बिहीबार पनि संसद् बैठक सुरु हुने बित्तिकै दुई दलका सांसदहरूले आफ्ना मागको सुनुवाइ नभएको भन्दै उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद अशोक चौधरीलाई बोल्न समय दिए । सांसद चौधरीले भिजिट भिसा प्रकरणमा आफ्ना मागको सुनुवाइ नभएको भन्दै आन्दोलन जारी रहेको बताए ।

उनले बेथिति विरुद्ध बोल्नेलाई जेल हाल्ने काम भएको भन्दै आपत्ति जनाए ।  

त्यस्तै राप्रपा सांसद धवलशमशेर राणाले चीनले अघि सारेको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) प्रस्तावमा नेपाल सहमत भएको भन्ने विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरे । उनले निजी शिक्षालाई निरुत्साहित गर्ने काम उचित नभएको उल्लेख गरे ।  

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै रास्वपा र राप्रपाका सांसदहरूले निरन्तर सदनमा विरोध जनाउँदै आएका छन् । 

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  १ : ३८ बजे

सरकारको ‘नागरिक चौतारी’, नागरिकले सिधै दिन सक्नेछन् सुझाव

काठमाडौं – देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई राज्यका गतिविधिमा प्रत्यक्ष सहभागी

कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं– ध्वाँसे चितुवाको छाला ओसारपसार तथा खरिद बिक्री मुद्दामा पुर्पक्ष

कूटनीतिक पहलमार्फत चिया निर्यातमा देखिएका अवरोध हटाउन महासङ्घको माग

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासङ्घले कूटनीतिक पहल गरी चिया निर्यातमा

पीआर लिएर विदेश बस्ने दुई कर्मचारीविरुद्ध कारवाही सिफारिस, अरुको पनि खोजी हुँदै

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

रवि लामिछानेले चाहे दश वर्ष लगातार सभापति बन्नुहुन्छ : सरिताश्री ज्ञवाली

काठमाडौं- जेन-जी आन्दोलनपछि सरिताश्री ज्ञवालीलाई सभापति रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र