रणवीर सिंहसहित डन ३ मा अमिताभ बच्चन र शाहरुख खानको सम्भावित प्रवेश | Khabarhub Khabarhub

रणवीर सिंहसहित डन ३ मा अमिताभ बच्चन र शाहरुख खानको सम्भावित प्रवेश


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउडका चर्चित निर्देशक फरहान अख्तरले निर्देशन गर्ने बहुप्रतिक्षित फिल्म डन ३ पछिल्ला महिनादेखि निरन्तर चर्चामा रहेको छ । 

तेस्रो भागमा रणवीर सिंहलाई शीर्ष भूमिकामा देखाइने घोषणा भइसकेको भए पनि, फिल्मको कास्टिङसम्बन्धी विभिन्न अटकलहरूले प्रशंसकलाई झन् रोमाञ्चित बनाइरहेका छन् ।

हालै लोकप्रिय कलाकार कियारा आडवाणी र विक्रान्त मेसी फिल्मबाट बाहिरिएको खबर सार्वजनिक भएपछि अभिनेत्री कृति सेनन महिला मुख्य पात्रका रूपमा देखिने चर्चा सुरु भएको थियो । 

यस्तैमा भारतीय मिडियाको रिपोर्ट अनुसार सन् १९७८ मा प्रदर्शनमा आएको फिल्म ‘डन’ मा अभिनय गरेका चर्चित अभिनेता अमिताभ बच्चन र सन् २०११ मा प्रदर्शनमा आएको फिल्म ‘डन २’ मा डन बनेका शाहरुख खानलाई समेत ‘डन ३’ मा सहभागी हुन प्रस्ताव गरिएको बताइएको छ ।

यसअघि पनि  ‘डन ३’ को कास्टिङलाई लिएर विभिन्न हल्लाहरू बाहिरिएका थिए। निर्देशक फरहान अख्तरले अभिनेत्री प्रियंका चोपड़ा जोनसलाई सम्पर्क गरेको भनाइ आएको थियो भने शाहरुख खानको पुनरागमनबारे पनि चर्चा चल्दै आएको छ । 

केही महिनाअघि अर्का कलाकार विक्रान्त मेसीले फिल्म छोडेको पुष्टि गरेका थिए, त्यसपछि आशिकी फिल्मका अभिनेता आदित्य रोय कपूर र तेलुगु कलाकार विजय देवरकोंडालाई खलनायकको भूमिकामा विचार गरिएको बताइएको छ ।

हालसम्म निर्माता वा कलाकारहरूले कुनै आधिकारिक टिप्पणी नगरे पनि, ‘डन ३’ सम्बन्धी यी अपडेटहरूले प्रशंसकको उत्साह बढाएको छ। तीन पुस्ताका तीन डनहरू एउटै पर्दामा देखिने सम्भावना मात्रले पनि बलिउडका दर्शकलाई निकै रोमाञ्चक बनाएको छ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  २ : ४१ बजे

मानव–वन्यजन्तु द्वन्द्व रोक्न वनमा पानीको प्रबन्ध

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरको नमुना मध्यवर्ती सामुदायिक वनमा सौर्य ऊर्जाबाट

जनसभाका लागि एमालेका केन्द्रीय नेता जिल्लामा

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अधिकांश जिल्ला सदरमुकाममा र्‍यालीसहित जनसभा

जर्मनीद्वारा युक्रेनलाई थप सहयोग प्रदान गर्ने घोषणा

जर्मनी– जर्मनीले युक्रेनलाई आवश्यक सामग्री र हतियारका लागि १५० करोड

लडेर सात वर्षीय बालिकाको मृत्यु

ताप्लेजुङ– जिल्लाको फुङ्लिङ नगरपालिका-९ हाङदेवामा लडेर एक बालिकाको निधन भएको

कोबाङ–जोमसोम सडक आठ वर्षदेखि अलपत्र

मुस्ताङ– उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना (बेनी–जोमसोम) अन्तर्गत कोबाङ–जोमसोम खण्ड