कन्य च्याउको बिउ उत्पादन गरिँदै | Khabarhub Khabarhub

कन्य च्याउको बिउ उत्पादन गरिँदै


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

चितवन– व्यावसायिक किट विकास केन्द्र भण्डाराले कन्य च्याउको बिउ उत्पादन सुरु गरेको छ । कार्यालयले यस वर्ष चार हजार पोका (एक हजार किलो) कन्य च्याउको बिउ उत्पादन गर्न लागेको हो ।
 
कार्यालयकी प्रमुख सुरुचि त्रिपाठीका अनुसार चालु आर्थिक वर्षमा व्यावसायिक च्याउखेती गर्ने किसानलाई बिउ उपलब्ध गराउने उद्देश्यले उत्पादन गर्न लागिएको हो । उनले २५० ग्रामका बिउका पोका उत्पादन गर्न लागिएको जनाउँदै बजारमा भन्दा सस्तो र स्तरीय बिउ उत्पादन गरेर किसानलाई उपलब्ध गराइने बताए।

एउटा पोका बिउको मूल्य ३५ निर्धारण गरिएको छ । बजारमा दुई सय ग्राम बिउलाई ३५ पर्ने गरेको उनले बताए। प्रमुख त्रिपाठी भने, ‘कृषि प्राविधिकको निगरानीमा बिउ उत्पादन भएकाले अन्यभन्दा गुणस्तरीय छ ।’

किसानको आवश्यकता अनुसार बिउ उत्पादन बढाउँदै लगिने जनाउँदै उनले हालसम्म एक हजार २०० पोका बिक्रीका लागि तयारी गरिएको बताए। कार्यालयले चार वर्षदेखि च्याउको बिउ उत्पादन गर्दै आएको छ ।
 
कार्यालयले रेशमखेतीका लागि किम्बु, फलफूल तथा आलंकारिक बिरुवाको बेर्ना उत्पादन, रेशमखेतीको विकास, किम्बु बगैँचा व्यवस्थापन तथा किम्बुको मातृ स्रोतको संरक्षण र विकास, रेशमखेतीमा प्रविधिको अध्ययन, परिक्षण, विकास तथा प्रसार गर्दै आएको छ । 

साथै विभिन्न प्रजातिका च्याउको उत्पादन, प्रविधिबारे प्रदर्शनी, च्याउको उन्नत उत्पादन तथा उत्पादनोपरान्त प्रविधि अध्ययन, परिक्षण तथा विकास गर्ने, निजी क्षेत्रका प्रयोगशालामार्फत उत्पादन हुने च्याउ र बिउको अनुगमन तथा सुपरीवेक्षण गरी गुणस्तर परिक्षण गर्नेलगायतका काम गर्दै आएको छ ।
 

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  ५ : ०० बजे

धरान उपमहानगरको बजेट पारित गर्ने प्रक्रिया अगाडि बढ्यो

धरान – लामो समयदेखि बजेटविहीन बनेको धरान उपमहानगरपालिकाले चालु आर्थिक

निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण गरेका पर्यटकबाट ३० करोड राजश्व

गण्डकी – पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)मा

भारतका प्रधान न्यायाधीश गवई भेटघाटमा व्यस्त, न्यायिक सहकार्यमा जोड

काठमाडाैं – भारतका प्रधान न्यायाधीश भूषण रामकृष्ण गवई नेपाल भ्रमणमा

एमालेमा विद्यालाई रोक्न नहुने मत बलियो, समूह छलफलमा प्रदेश अध्यक्ष समेतले गरे नेतृत्वको आलोचना

काठमाडाैं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशनअन्तर्गत प्रस्तुत विभिन्न प्रतिवेदनहरूमा

इन्द्रजात्राको महाकाली नाचमा सहभागी कलाकारहरू (तस्बिरहरू)

काठमाडौं – इन्द्रजात्रामा महाकाली नाचको प्रस्तुतिमा सहभागी कलाकारहरूले इन्द्रजात्राको क्रममा