भारतमा वस्तु सेवा करमा भारी कटौती, नेपालमा कस्तो प्रभाव पर्ला ? « Khabarhub

भारतमा वस्तु सेवा करमा भारी कटौती, नेपालमा कस्तो प्रभाव पर्ला ?


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबारदेखि भारत सरकारले वस्तु तथा सेवा कर (जीएसटी)मा भारी कटौती गरेको छ । सेप्टेम्बर २२ देखि लागू हुनेगरि ल्याइएको नयाँ जीएसटी दरमा विभिन्न सयौँ वस्तुमाथि लाग्ने करलाई शून्य बनाइएको छ भने अधिकांश वस्तुमाथिको करलाई आधा भन्दा बढीले कटौती गरिएको छ ।

भारतले विभिन्न वस्तुमा ५, १२, १८ र २८ प्रतिशतसम्म जीएसटी लगाउँदै आएको थियो । पछिल्लो संशोधनमार्फत अधिकांश वस्तुमा लगाइएको करमा कटौती गरेको छ भने चुरोट तथा टोबाकोमा लाग्ने वृद्धि गरेको छ ।

कुन वस्तुमा कस्तो कर ?

उच्च तापक्रममा राखिएको दूध, पनिर, चना, परौठा, भारतीय रोटी, दर्जनौँ प्रकारका औषधी, कापी, पेन्सिल लगायतका वस्तुमा लगाइएको जीएसटी करलाई शून्यमा झारिएको छ । अधिकांश वस्तुमाथि लगाइएको १८ प्रतिशत जीएसटी पाँच प्रतिशतमा झारिएको छ ।

गुलिया मिठाई, कोका, केक विस्कुट, चिया लगायतका वस्तुमा लगाइएको १८ प्रतिशत जीएसटीलाई एकैपटक पाँच प्रतिशतमा झारिएको छ । तर, भारतले क्याफिन पेय पदार्थ, सिगारेट, टोबाको उत्पादन गर्ने वस्तुमा लाग्दै आएको २८ प्रतिशत जीएसटी वृद्धि गरेर ४० प्रतिशत पुर्याएको छ ।

भारतले विभिन्न ३३ वटा औषधीमा लगाउँदै आएको १२ प्रतिशत करलाई शून्यमा झारेको छ भने काठ, बाँसको कार्पेट र अधिकांश हाते सामग्रीमा लाग्ने जीएसटीलाई १२ बाट पाँच प्रतिशतमा झारिएको छ । त्यस्तै, टेलर, ट्रयाक्टर लगायत विभिन्न किसिमका सवारी साधनको इन्जिनको जीएसटी पनि कटौती गरिएको छ भने पार्ट एसेसेरिसको कर पनि कटौती गरिएको छ ।

नेपालबाट भारतमा निकासी हुने वस्तुमा प्रभाव

नेपालबाट सबैभन्दा धेरै वस्तुको निर्यात भारतमा हुने गर्छ । गत आर्थिक वर्षमा नेपालबाट दुई खर्ब ७७ अर्ब तीन करोड दुई लाख दुई हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो । जबकी सो अवधिमा भारतमा मात्रै दुई खर्ब २४ अर्ब ६८ करोड ४३ लाख ९६ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।

भारतले गरेको जीएसटी परिवर्तनको असर नेपाली निर्यातकर्तालाई पर्ने देखिएको छ । गत आर्थिक वर्षमा नेपालबाट सोयाबिन तेल र कच्चापदार्थ, अलैँची, फलफूलको जुस, छड, धागो, कालो चिया, सिमेन्ट, कत्था लगायतका वस्तु निर्यात भएको थियो । 

भारतले पोर्टल्यान्ड सिमेन्ट र किल्ङकरमा २८ प्रतिशत लगाउँदै आएको जीएसटीलाई घटाएर १८ प्रतिशतमा झारेको छ । जसले नेपालबाट निर्यात हुनेगरेको सिमेन्टलाई प्रत्यक्ष असर पार्ने देखिन्छ ।

त्यस्तै, भारतले प्लाइउड तयार गर्ने वस्तुमा लगाउँदै आएको १२ प्रतिशत जीएसटीलाई घटाएर ५ प्रतिशतमा झारेको छ । तर, नेपालबाट निर्यात हुने प्लाइउडको सामग्री भने प्रभावित नहुने नेपाल प्लाइउड उत्पादक संघका अध्यक्ष होमप्रसाद घिमिरेले बताएका छन् ।

खबरहबसँग कुरा गर्दै घिमिरेले नेपालबाट निर्यात हुने प्लाइउड सामग्रीमा कर हेरफेर नगरेकोले नेपालको प्लाइउड निर्यात प्रभावित नहुने बताए । तर, भारतले आन्तरिक उद्योग र उपभोगलाई प्रवर्द्धन गर्न खोजेकाले नेपालले पनि प्रभावित हुने विषय हेरेर सम्बोधन गर्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै, नेपाल कत्था उत्पादक संघका उपाध्यक्ष विजयकुमार गुप्ताले भारतले घटाएको जीएसटीले नेपालको कत्था निर्यातमा असर नपर्ने बताए । भन्सारमा थप कर नलगाएर उपभोगमा कर कटौती गरिएको कारणले नेपालको निर्यातमा नकारात्मक असर नपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  ५ : ५४ बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको