सामाजिक सञ्जाल बन्द गर्ने एनसेलको घोषणा « Khabarhub

सामाजिक सञ्जाल बन्द गर्ने एनसेलको घोषणा


१९ भदौ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले दर्ता प्रक्रियामा नआएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेसँगै एनसेलले आफ्नो डाटा प्रणालीबाट ती सामाजिक सञ्जालहरु नेपालमा नचल्ने घोषणा गरेको छ ।

एनसेल आजियाटा लिमिटेड लैनचौरले विहीबार विज्ञप्ति जारी गर्दै सरकारको निर्णयउ अनुसार तोकिएका सामाजिक सञ्जालहरु बन्द हुने घोषणा गरेको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणले सर्वोच्च अदालतको आदेश, मन्त्रिपरिषद्को भदौ ९ को निर्णय, सञ्चार मन्त्रालयको भदौ १९ को निर्णय र सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, ०८० बमोजिम नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरु निष्क्रिय गर्नका लागि कम्पनीलाई निर्देशन दिएको विज्ञप्तिमा जनाइएको छ ।

सरकारको उक्त निर्देशनबमोजिम एनसेलको इन्टरनेट सेवाबाट पनि नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरु नचल्ने अग्रिम जानकारी गराउँदै एनसेलले भनेको छ, ‘यसबाट पर्न जाने असुविधा प्रति हामी क्षमाप्रार्थी छौं ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यद्यपि टिकटक र भाइबर लगायत अन्य दर्ता भईसकेका सामाजिक सञ्जाल प्लेटफर्महरु भने एनसेलको डाटा सेवामार्फत चलाउन सकिने व्यहोरा जानकारी गराउँदछौं ।’

प्रकाशित मिति : १९ भदौ २०८२, बिहिबार  ७ : ३६ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस वर्षको बडादसैँ आज सकिँदै, धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौँ– नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६