सामाजिक सञ्जाल बन्द गर्ने निर्णय अदूरदर्शी र प्रतिगमनकारी : डा. भट्टराई « Khabarhub

सामाजिक सञ्जाल बन्द गर्ने निर्णय अदूरदर्शी र प्रतिगमनकारी : डा. भट्टराई


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको कदमलाई अलोकतान्त्रिक, अदूरदर्शी र प्रतिगमनकारी भनेका छन्।

भट्टराईले आफ्नो फेसबुकमार्फत प्रतिक्रिया दिँदै अहिलेको विश्वव्यापीकरण, अत्याधुनिक सञ्चार प्रविधि र उन्नत लोकतन्त्रको युगमा यस्ता ‘लहडी निर्णय’ले जनताको अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र सूचनाको हक कुण्ठित हुने बताएका छन्।

उनले सरकारको यस्तो कदमलाई “आफ्नै आँखामा पट्टी बाँधेर सूर्यलाई छेक्ने मूर्खतापूर्ण हर्कत” भन्दै कडा आलोचना गरेका छन्।

भट्टराईले उपयुक्त नियमनकारी नीतिहरू ल्याउने सट्टा सामाजिक सञ्जाल नै बन्द गर्ने प्रवृत्तिले लोकतान्त्रिक मूल्य मान्यतामाथि नै आघात पुग्ने चेतावनी दिएका छन्।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  ९ : २६ बजे

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा

राधास्वामीका आश्रित भोकै, महानगर भन्छ : सिस्टम फेरिएकाले खुवाउन सकेनौँ, आन्दोलन जरूरी थिएन

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित सुकुम्वासी होल्डिङ सेन्टरको मूल गेटमा सुत्केरी, बालबालिका,