टेलिकमद्वारा सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द | Khabarhub Khabarhub

टेलिकमद्वारा सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल सरकारको निर्णयअनुसार सूचीकरणमा नआएका सामाजिक सञ्जाल प्लेटफर्महरू निष्क्रिय गरेको छ।

टेलिकमले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतको आदेश, मन्त्रिपरिषद्को निर्णय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णय र ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०’ बमोजिम यस्तो कदम चालिएको जनाएको हो ।

विज्ञप्तिमा उल्लेख भएअनुसार, सूचीकरण नगरी सञ्चालनमा रहेका सामाजिक सञ्जालहरूलाई निष्क्रिय पार्ने निर्देशन पाएकाले हाल तिनलाई बन्द गरिएको हो।

नेपाल टेलिकमले ती प्लेटफर्महरू पुनः सञ्चालनमा ल्याउने विषयमा भने आगामी दिनमा नेपाल दूरसञ्चार प्राधिकरणबाट आउने थप निर्देशनअनुसार काम हुने जनाएको छ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  १० : ५० बजे

प्रहरी कार्यालयमा तोडफोड आरोपमा श्रीमान्–श्रीमती पक्राउ

बनियानी – जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड

चुनाव हारे हारिन्छ संविधान जोगाउन निर्वाचनमा जानुपर्छ: सरिता प्रसाईं

काठमाडौँ– नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले संविधान जोगाउन पनि पार्टीले

केन्द्रीय सदस्य पौडेलले गगन-विश्वमाथि लगाए यस्ता आरोप

काठमाडौँ– नेपाली कांग्रेसका नेता किरण पौडेलले पार्टीका दुई महामन्त्रीकै भूमिकाले

दैलेखमा जीप दुर्घटना, १५ जना घाइते

काठमाडौं – दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते

मदन भण्डारी विचारधारा विद्यार्थी जेनजीले फोरम गठन

काठमाडौँ- जनताको बहुदलीय जनवाद (जबज)लाई लोकतान्त्रिक विचारधारा मान्ने जेनजीहरूले ‘मदन