कङ्गोमा इबोलाको नयाँ प्रकोपले १५ जनाको मृत्यु | Khabarhub Khabarhub

कङ्गोमा इबोलाको नयाँ प्रकोपले १५ जनाको मृत्यु


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

किन्शासा – प्रजातान्त्रिक गणतन्त्र कङ्गोका स्वास्थ्य अधिकारीले इबोला भाइरसको नयाँ प्रकोपको घोषणा गरेका छन्।

इबोलाले अगस्टको अन्त्यदेखि अहिलेसम्म १५ जनाको ज्यान लिइसकेको कङ्गोको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले खबर लेखेका छन्।

राजधानी किन्शासामा पत्रकारहरुसँग कुरा गर्दै त्यहाँका स्वास्थ्यमन्त्री स्यामुअल रोजर काम्बाले मध्य कसाई प्रान्तमा नयाँ प्रकोप देखिएको बताएका हुन्।

मध्य अफ्रिकी देशमा इबोलाको अन्तिम प्रकोप तीन वर्षअघि फैलिएको थियो जसमा छ जनाको मृत्यु भएको थियो।

अपुस्ट तथ्याङ्कअनुसार किन्शासामा इबोला सङ्क्रमित २८ जना बिरामी भेटिएका छन्, जसमध्ये पहिलो सङ्क्रमण अगस्ट २० मा अस्पतालमा भर्ना भएकी ३४ वर्षीया गर्भवती महिलामा देखिएको थियो।

काम्बाले भनेका छन्, “यो हाम्रो देशमा रेकर्ड गरिएको १६ औं प्रकोप हो।”

पहिलो पटक सन् १९७६ मा पहिचान भएको र चमेरोबाट आएको ठानिएको इबोला एक घातक भाइरल रोग हो जुन शारीरिक तरल पदार्थको प्रत्यक्ष सम्पर्कबाट फैलिन्छ, जसले गर्दा अत्यधिक रक्तस्राव हुन्छ र अङ्गहरू बिग्रन्छन्।

सन् २०१८ देखि २०२० को बीचमा १० करोडभन्दा बढी जनसङ्ख्या रहेको कङ्गोमा सबैभन्दा घातक प्रकोपका कारण करिब दुई हजार तीन सय जनाको मृत्यु भएको थियो। इबोलाका छ प्रजाति छन्।

स्वास्थ्य अधिकारीले नयाँ प्रकोप खोप उपलब्ध भएको जाइरे स्ट्रेनको नयाँ प्रकोप भएको बताएका छन्।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ६ : १६ बजे

माओवादीप्रति जनताको आशा, भरोसा र साथ छ : अध्यक्ष दाहाल

लमजुङ– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

नेताका छोराछोरी, सोसल मिडिया र भ्रष्टाचारको एजेन्डा बोकेर जेनजी पुस्ता सडकमा आउँदै

काठमाडौं – सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको ओली सरकारले अब जेनजी

महिला सरकारी वकिलको प्रथम राष्ट्रिय सम्मेलन सोमबारदेखि

काठमाडौं– नेपालका महिला सरकारी वकिलको प्रथम राष्ट्रिय सम्मेलन सोमबारदेखि सुरु

जेन-जीको प्रदर्शनलाई बालेनको समर्थन

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका नगरप्रमुख (मेयर) बालेन शाहले भोलि हुन

एमालेको विधान महाधिवेशनस्थलमा अनेकथरी व्यापार (तस्बिरहरू)

काठमाडौं– तीन दिनदेखि जारी नेकपा एमालेको दोस्रो विधान महाधिवेशन स्थानीय