शिक्षण र बुटिक पेसापछि ‘ड्रागनफ्रुट’मा आकर्षित गौली « Khabarhub

शिक्षण र बुटिक पेसापछि ‘ड्रागनफ्रुट’मा आकर्षित गौली


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँको व्यास नगरपालिका–२ दमौली निवासी कल्पना गौलीले व्यावसायिक रूपमा सिउँडीफल (ड्रागनफ्रुट) खेती गरेकी छन् । उनले व्यास नगरपालिका–५ ढोडेनीमा सिउँडीफलको खेती गरिन् ।

सोह्र वर्ष शिक्षण र १५ वर्ष बुटिक पेसा गरेपछि गौली विगत तीन वर्षदेखि कृषितर्फ आकर्षित भएकी छन्। माँ अम्बे अलौकिक कृषि फार्म गर्दा गरी उनले व्यावसायिक रूपमा ड्रागनफ्रुटखेती गरेकी छन् । नौ रोपनी जग्गा २० वर्षका लागि भाडामा लिएर यसको खेती गरिरहेको उनले भनिन् । बेर्ना खरिद, बगान तयारदेखि अन्य संरचना निर्माणमा एक करोड ५० लाख खर्च भएको उनको भनाइ छ । 

नौ रोपनीमध्ये सात रोपनी जग्गामा सिउँडीफलको खेती गरिएको छ । बाँकी जग्गामा आवश्यक संरचना निर्माण गरिएको गौलीको भनाइ छ । गत वर्ष फार्मबाट उत्पादित सिउँडीफल, गिठ्ठा, सिस्नो, पिँडालु, मस्यौरा र मौसमी तरकारीको बिक्रीबाट २० लाख आम्दानी भएको थियो । यसपटक चौथो छिमलको ड्रागन बजारमा पुऱ्याउँदा आठ लाख ५० हजार आम्दानी भइसकेको उनले उल्लेख गरिन्। ड्रागन बिक्रीका लागि बजारको समस्या नभएको गौलीको अनुभव छ ।

उनले भनिन्, ‘यहाँ उत्पादित सिउँडीफल दमौली बजारमा गाडीमा राखेर बिक्री गर्ने गरेको छु । त्यस्तै प्रत्येक शुक्रबार आँबुखैरेनीमा लाग्ने हाटबजारमा पनि यसको माग उच्च छ, बजार समस्या छैन ।’ आँबुखैरेनीको हाटबजारमा तीन सय किलोसम्म सिउँडीफल बिक्री हुने गरेको छ ।

दमौली बजारका व्यापारीहरूले पनि स्थानीयस्तरमै उत्पादित सिउँडीफल बिक्री गर्नुपर्छ भन्ने भावना विकास गरिसकेको उनको भनाइ छ । उनले भनिन्, ‘बाहिरी जिल्लाबाट आएकाभन्दा स्थानीयस्तरमै उत्पादितलाई प्रोत्साहन गर्नुपर्छ भनेर व्यापारीहरूले भने। यसले पनि मलाई यसतर्फ प्रोत्साहित गरेको छ ।’

ऋषिङ गाउँपालिका–१ झापुटारमा रहेको माइतीको जग्गामा खेती गर्ने सोच बनाए पनि पानीको समस्याले ढोडेनीमा जग्गा भाडामा लिएर खेती गरेको उनको भनाइ छ । उनले भारतबाट बेर्ना मगाएर सात रोपनी जग्गामा गाडेको पाँच सय २५ पोलमा ड्रागन लगाएका छन् । यहाँ गोदाम, एसीसहितको कोल्डरुम, गार्डहाउस र बगान अवलोकनका लागि भ्यूटावर निर्माण गरिएको छ । 

सिउँडफलमा रासायनिक मल प्रयोग गरिएको छैन । यसका लागि जैविक मल प्रयोग गर्ने गरिएको गौलीको भनाइ छ । 

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ७ : १३ बजे

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात : अल्जेरिया ३-0 ले पराजित

काठमाडौँ – साविक विजेता अर्जेन्टिनाले विश्वकपमा विजयी सुरुवात गरेको छ

विश्वकपमा मेसी : १६ गोलको कीर्तिमानमा बराबरी

काठमाडौँ – विश्वविजेता अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले विश्वकप इतिहासमा अर्को

विश्वकप फुटबल : अल्जेरियाविरुद्ध मेसीको ह्याट्रिक

काठमाडौँ – विश्वकप फुटबल २०२६ को पहिलो खेलमा अर्जेन्टिनाका कप्तान

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी

काठमाडौँ– नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा ल्याउनेगरी आवश्यक तयारी

अल्जेरियाविरुद्ध अर्जेन्टिना २-० ले अघि, दोस्रो गोलसँगै मेसी कीर्तिमानको नजिक

काठमाडौँ — कप्तान लियोनेल मेसीको व्यक्तिगत दोस्रो गोलको मद्दतले विश्वविजेता