सात वर्ष पुरानो विवाद : कार्डी बी निर्दोष साबित | Khabarhub Khabarhub

सात वर्ष पुरानो विवाद : कार्डी बी निर्दोष साबित


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हलिउडकी पप आइकन कार्डी बी सात वर्षदेखि तानिएको विवादास्पद मुद्दाबाट निर्दोष ठहरिएकी छिन्। कार्डी बी अल्हाम्ब्रा, क्यालिफोर्नियास्थित अदालतमा भएको नागरिक आक्रमण मुद्दामा निर्दोष साबित भएकी हुन्। यस मुद्दामा कार्डी बीले पूर्व सुरक्षा गार्ड ईमानी एलिस द्वारा लगाइएको २४ मिलियन डलरको दाबी अस्वीकार गरिन्।

सुरक्षा गार्ड एलिसले २०१८ मा बेभर्ली हिल्सको एक चिकित्सकको कार्यालयमा कार्डी बीले उनलाई आक्रमण गरेको, मुखमा थुकेको र जातिवादी गाली गरेको आरोप लगाएकी थिइन्। तर, १२ सदस्यीय जूरीको एकमतले यी आरोपहरूलाई अस्वीकार गर्दै कार्डी बीलाई निर्दोष साबित गरे ।

यो मुद्दाको सुरुवात सन् २०१८ मा भएको हो। त्यतिबेला कार्डी बी आफ्नो पहिलो बच्चाकी आमा बन्ने तयारीमा थिइन्, तर गर्भावस्थाको खबर परिवारसम्म पनि सार्वजनिक गरेकी थिइनन्। त्यही बेला, चिकित्सकलाई भेटेर लिफ्टबाट बाहिरिँदै गर्दा सुरक्षा गार्ड एलिसले लुकिछिपी उनको भिडियो खिचेको भनिएको थियो। यसै क्रममा करिब ६०–९० सेकेन्डसम्म वादविवाद भयो। तर, घटनामा शारीरिक आक्रमण भएको प्रमाणित भएन।

लामो समयसम्म चलेको कानुनी संघर्षपछि अन्ततः कार्डी बी निर्दोष साबित भएकी छिन्। अदालतको यो निर्णयसँगै उनले बलियो सन्देश दिएकी छन्- “अब कसैले पनि झूटो आरोप लगाएर सजिलै उम्कन सक्दैन। म आफ्नै निर्दोषिता बचाउन अन्तिम क्षणसम्म लडिरहनेछु, र आधारविहीन मुद्दा हाल्नेहरूले पक्कै सजाय भोग्नुपर्नेछ।”

यसरी कार्डी बीले आफ्नो विजयलाई मात्र होइन, निराधार आरोप लगाउने प्रवृत्तिविरुद्ध कडा चेतावनीको रूपमा प्रस्तुत गरेकी छन्।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ७ : ५२ बजे

गाजामा भारी वर्षापछि विस्थापित परिवार प्रभावित, संयुक्त राष्ट्रको उद्धार प्रयास जारी

एजेन्सी– गाजामा शुक्रबार परेको भारी वर्षापछि  हजारौं विस्थापित परिवार प्रभावित

नारायणघाट–बुटवल सडक विस्तार राति मात्र

नवलपुर– पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको गैँडाकोटमा रातिको समयमा मात्र सडक

विर्तामोडमा एमालेको जनसभा

सुरुङ्गा– नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी झापाद्वारा बिर्तामोडमा आज

निर्वाचनको वातावरण बनिसकेको छ : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१

एनपीएलको तयारी पूरा, विजेता टोलीले पाउँनेछ एक करोड १० लाख

काठमाडौं– दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को सम्पूर्ण तयारी पूरा