बागलुङका किसानले गराए ७०५ पशुको बिमा | Khabarhub Khabarhub

बागलुङका किसानले गराए ७०५ पशुको बिमा


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

गलकोट– दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानका ७०५ पशुको बिमा गरिएको छ । जिल्ला सहकारी सङ्घमा आबद्ध बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकाका शेयर सदस्यका ७०५ पशुको बिमा गरिएको सङ्घ अध्यक्ष दीपक गौतमले जानकारी दिए । 

कृषकबाट बिमा प्रिमियमबापत गत वर्षमा चार लाख ८४ हजार ५०० र राज्यबाट अनुदानबापत १९ लाख ३८ हजार गरी  जम्मा २४ लाख २२ हजार ५०० पशुधन सुरक्षण उपसमितिमा रकम दाखिला भएको छ । चालु आवमा पशुधन सुरक्षण कार्यक्रममा रु ७८ लाख ८० हजार संकलन भएको उनले बताए।  

सङ्घले २४ वर्षदेखि १५ दुग्ध संकलन सहकारीका एक हजार ५०० भन्दा बढी किसानको दैनिक तीन हजार ५०० लिटर दूध संकलन, प्रशोधन तथा बजारीकरण गर्दै आएको छ । 

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ७ : ४९ बजे

स्वास्थ्य बीमामा आबद्ध भए मात्रै कडा रोग लागेका बिरामीले सुविधा पाउने

काठमाडौं– आगामी कात्तिक १ बाट स्वास्थ्य बिमामा आबद्ध भएका विपन्न

ओलीले भने- चिनियाँ राष्ट्रपतिलाई लिपुलेक नेपालको भूमि हो भनेर प्रष्टसँग सम्झाएको छु

ललितपुर– नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीहरूले

निजामती सेवा दिवसका अवसरमा ऊर्जा मन्त्रालयमा वृक्षारोपण 

काठमाडौं– निजामती सेवा दिवस–२०८२ को अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ

१०२ वर्षीय कोकिची अकुजावाद्वारा माउन्ट फुजी आरोहण गरी विश्व कीर्तिमान कायम

टोकियो- एक सय दुई वर्षीय कोकिची अकुजावा जापानको सर्वोच्च शिखर

सुदूरपश्चिम रोयल्समा अष्ट्रेलियन क्रिकेटर क्रिस लिन अनुबन्धित

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले