सामाजिक सञ्जाल बन्द गर्ने निर्णय फिर्ता लिन रास्वपाको माग | Khabarhub Khabarhub

सामाजिक सञ्जाल बन्द गर्ने निर्णय फिर्ता लिन रास्वपाको माग


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । 

रास्वपाको केन्द्रीय विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभाग प्रमुख सुमना श्रेष्ठले शुक्रबार विज्ञप्ति जारी गरेर सामाजिक सञ्जाल बन्द गर्ने निर्णय फिर्ता लिन माग गरेकी हुन् । 

उनले सामाजिक सञ्जालको दुरुपयोग रोक्नका लागि नीति आधारित, प्राविधिक र कानुनी उपायहरू अवलम्बन गर्न र भविष्यमा नागरिक अधिकार कुण्ठित गर्ने कुनै पनि कदम नदोहोरिने स्पष्ट प्रतिबद्धता जनाउन पनि सुझाव दिएकी छन् । 

सामाजिक सञ्जाललाई एकैपटक बन्द गर्नु नागरिक अधिकारको प्रत्यक्ष उल्लङ्घन मात्र नभएर लोकतान्त्रिक मूल्य र संवैधानिक व्यवस्था विपरीतको कदम भएको श्रेष्ठको भनाइ छ । 

उनले लोकतन्त्रमा समस्या समाधान गर्ने बाटो नियमन, पारदर्शिता र कानुनी प्रक्रिया भएको जिकिर गरेकी छन् । 

‘राष्ट्रिय स्वतन्त्र पार्टी नागरिक अधिकार, डिजिटल स्वतन्त्रता र जिम्मेवार सञ्चार प्रयोगको पक्षमा सदैव दृढतापूर्वक उभिएको छ,’ श्रेष्ठले भनेकी छन्, ‘नागरिक अधिकार कुण्ठित गर्ने गरी नेपाल सरकारले गर्ने यस्ता प्रयासप्रति हाम्रो कडा प्रतिवाद रहने छ ।’

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ११ : ४८ बजे

जेनजी अभियानका संयोजकहरुसँग दुर्गा प्रसाईँको भेट

काठमाडौं- सोमबार हुने प्रदर्शनको पूर्वसन्ध्यामा मेडिकल व्यवसायी एवम् सामाजिक अभियन्ता

उत्तरी गोरखामा किसानले धमाधम स्याउ टिप्दै

गोरखा– उत्तरी गोरखामा किसानले बगैँचाबाट धमाधम स्याउ टिप्न थालेका छन्

जेनजीलाई समर्थन गर्दै शेखरले सरकारलाई भने- नत्र पछुताउनुको विकल्प रहने छैन

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जेनरेसन जेड (जेनजी)

उपभोग्यवस्तुको सहज आपूर्ति व्यवस्था मिलाउन मुख्यसचिव अर्यालको निर्देशन

काठमाडौं– मुख्यसचिव एकनारायण अर्यालले आसन्न चाडपर्वमा उपभोग्य वस्तुको सहज आपूर्तिका

जेनजी पुस्ताको प्रदर्शनसामु झुके इण्डोनेशियाका राष्ट्रपति

काठमाडौं– इण्डोनेशियामा पाबोवो सुबियान्तोले राष्ट्रपति पदको जिम्मेवारी सम्हालेको एक वर्ष