एस. एस. राजामौलीको "एसएसएमबी २९" : १२० भन्दा बढी देशमा रिलिज हुने | Khabarhub Khabarhub

एस. एस. राजामौलीको “एसएसएमबी २९” : १२० भन्दा बढी देशमा रिलिज हुने


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय सुपरहिट निर्देशक एस. एस. राजामौलीले आफ्नो उत्कृष्ट सिर्जना “एसएसएमबी २९” लाई विश्वव्यापी रूपमा प्रस्तुत गर्ने तयारी गरेका छन्। करिब १२०० करोड रुपैयाँको बजेटमा निर्माण भइरहेको यो फिल्मलाई १२० भन्दा बढी मुलुकमा रिलिज गरिँदैछ, जसले करिब एक अर्ब दर्शकसम्म पुग्ने अपेक्षा गरिएको छ।

भारतीय मिडियाका अनुसार, हालै निर्देशक राजामौलीले केन्याका परराष्ट्र मन्त्री माननीय मुसालिया मुदाभादीसँग भेट गरी केन्यालाई फिल्मको मुख्य सुटिङ स्थलका रूपमा रोजेका छन्। माननीय मुसालिया मुदाभादीले सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर) मा लेख्दै भने, “गत दुई साताभित्रै हाम्रो देशले विश्वका महान फिल्म निर्मातामध्ये एक, एस. एस. राजामौलीलाई स्वागत गर्ने मौका पायो।” उनले थपे कि राजामौलीको टोलीले पूर्वी अफ्रिकाभरि लोकेशन खोजेपछि अन्ततः केन्यालाई रोज्यो र यहाँ ९५% अफ्रिकी दृश्यहरू खिचिएको छ।

परराष्ट्र मन्त्रीका अनुसार, मसाई माराका विशाल मैदानी क्षेत्र, नाइभाशा, साम्बुरु र प्रसिद्ध एम्बोसेलीजस्ता प्राकृतिक दृश्यहरू अब एशियाली इतिहासकै सबैभन्दा ठूलो फिल्म प्रोजेक्टमा देखिनेछन्। यस निर्णयलाई “सिनेमामा मात्र नभई केन्याको प्राकृतिक सुन्दरता र आतिथ्यलाई विश्वमञ्चमा पुर्याउने अवसर” भनेर व्याख्या गरे।

फिल्मको टोली अहिले भारत फर्किएको छ र त्यहाँको सुटिङलाई निरन्तरता दिनेछ। फिल्मको ठूलो भाग ओडिशाको कोरापुट जिल्लामा खिचिएको छ, जहाँ तलामाली डाँडादेखि देओमाली शिखरसम्म, घना जंगल, झरना र पहाडी भूभागमा विशाल एक्शन दृश्यहरू खिचिएका छन्।

फिल्म “एसएसएमबी२९” मा सुपरस्टार महेश बाबु प्रमुख भूमिकामा देखिनेछन् भने प्रियंका चोपड़ा र पृथ्वीराज सुकुमारन पनि विशेष भूमिकामा रहनेछन्। इतिहास, पौराणिकता र साहसिक घटनाको मिश्रणमा बन्ने यो फिल्म सन् २०२७ मा रिलिज हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ११ : ५० बजे

जर्मनीद्वारा युक्रेनलाई थप सहयोग प्रदान गर्ने घोषणा

जर्मनी– जर्मनीले युक्रेनलाई आवश्यक सामग्री र हतियारका लागि १५० करोड

लडेर सात वर्षीय बालिकाको मृत्यु

ताप्लेजुङ– जिल्लाको फुङ्लिङ नगरपालिका-९ हाङदेवामा लडेर एक बालिकाको निधन भएको

कोबाङ–जोमसोम सडक आठ वर्षदेखि अलपत्र

मुस्ताङ– उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना (बेनी–जोमसोम) अन्तर्गत कोबाङ–जोमसोम खण्ड

कोलम्बियाली सैनिकको कारबाहीमा नौ लडाकू मारिए

बोगोटा– कोलम्बियाली सैनिकले भेनेजुएला सीमा नजिकको एराउका प्रान्तमा बमबारी गर्दै

अमेरिका-स्विट्जरल्यान्ड व्यापार सम्बन्ध सुदृढ, शुल्क दर घटाइयो

एजेन्सी– संयुक्त राज्य अमेरिकाले स्विट्जरल्यान्ड (स्विस) आयातमा लाग्ने ३९ प्रतिशत