दोस्रो राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन आज हुँदै « Khabarhub

दोस्रो राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन आज हुँदै


२१ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दोस्रो राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन आज (शनिबार) ललितपुरको  होटल हिमालयमा हुने भएको छ । सम्मेलनको संघीय संसदका सभामुख देवराज घिमिरेले उद्घाटन गर्ने कार्यक्रम छ ।

‘एआई एण्ड डिभलपमेन्ट : ब्रिजिङ द ग्याप, बिल्डिङ द अपरचुनिटिज’ भन्ने नाराका साथ सम्पन्न हुने सम्मेलनका छलफल सत्रहरूमा ‘विश्वव्यापी एआई प्रतिस्पर्धामा विकासोन्मुख राष्ट्रको दृष्टिकोण’, ‘नेपालको बैंक तथा वित्तीय रूपान्तरणका लागि एआई’, ‘सीमित स्रोतसाधन परिवेशमा गुणस्तरीय स्वास्थ्यका लागि एआई’, र ‘मिडियादेखि राजनीतिसम्म : जेनरेटिभ एआई जमानाको मिथ्या सूचनाको परिदृश्य’ जस्ता रहेका छन् ।

डिजिटल मिडिया फाउन्डेसनले आयोजना गर्ने सम्मेलनमा इन्टरनेट सोसाइटी नेपाल शाखा, युएनडिपी नेपाल, युनेस्को काठमाडौं, डिजिटल फ्रिडम कोलिसन, रोबोटिक एसोसिएसन नेपाल र डिजिटल राइट्स नेपालको सहकार्य रहेको छ ।

सम्मेलनमा एसिया–प्यासेफिक क्षेत्रका डिजिटल ट्रान्सफरमेसन थिङ्क ट्यांक श्रीगणेश लोकनाथन विशेष वक्ताका रूपमा रहेका छन् ।

छलफलमा युनिभर्सिटी अफ नर्थ क्यारोलिनाका प्राध्यापक नीर क्षेत्री, ब्रिटिस काउन्सिलकी शिक्षा प्रविधि प्रमुख निनाज इचापोरिया, युनेस्को नेपाल प्रमुख याको दु तोइट लगायतका विज्ञहरूले आफ्नो विचार प्रस्तुत गर्नेछन् ।

प्रकाशित मिति : २१ भाद्र २०८२, शनिबार  ७ : ५३ बजे

‘आगामी बजेटले दीर्घकालीन सुधार तथा राष्ट्रिय अर्थतन्त्रमा गुणक प्रतिफल सृजना गर्नेछ’

काठमाडौं– राष्ट्रिय योजना आयोगका सदस्य डा. सञ्जय आचार्यले आगामी आर्थिक

शिक्षामन्त्रीसँग चिनियाँ राजदूतको भेट, सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि चिनियाँ

बेपत्ता राई पाँच दिनपछि मृतावस्थामा भेटिए

गाईघाट– सुनकोशी नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका लिम्चुङबुङ गाउँपालिका–४

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

एजेन्सी– जापानको उत्तरी टापु होक्काइडोमा सोमबार बिहान ६.२ म्याग्निच्युडको शक्तिशाली

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

कैलाली– २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा डडेल्धुरा अमरगढी नगरपालिका-२ बस्ने ३१ वर्षीय