दोस्रो राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन आज हुँदै « Khabarhub

दोस्रो राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन आज हुँदै


२१ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दोस्रो राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन आज (शनिबार) ललितपुरको  होटल हिमालयमा हुने भएको छ । सम्मेलनको संघीय संसदका सभामुख देवराज घिमिरेले उद्घाटन गर्ने कार्यक्रम छ ।

‘एआई एण्ड डिभलपमेन्ट : ब्रिजिङ द ग्याप, बिल्डिङ द अपरचुनिटिज’ भन्ने नाराका साथ सम्पन्न हुने सम्मेलनका छलफल सत्रहरूमा ‘विश्वव्यापी एआई प्रतिस्पर्धामा विकासोन्मुख राष्ट्रको दृष्टिकोण’, ‘नेपालको बैंक तथा वित्तीय रूपान्तरणका लागि एआई’, ‘सीमित स्रोतसाधन परिवेशमा गुणस्तरीय स्वास्थ्यका लागि एआई’, र ‘मिडियादेखि राजनीतिसम्म : जेनरेटिभ एआई जमानाको मिथ्या सूचनाको परिदृश्य’ जस्ता रहेका छन् ।

डिजिटल मिडिया फाउन्डेसनले आयोजना गर्ने सम्मेलनमा इन्टरनेट सोसाइटी नेपाल शाखा, युएनडिपी नेपाल, युनेस्को काठमाडौं, डिजिटल फ्रिडम कोलिसन, रोबोटिक एसोसिएसन नेपाल र डिजिटल राइट्स नेपालको सहकार्य रहेको छ ।

सम्मेलनमा एसिया–प्यासेफिक क्षेत्रका डिजिटल ट्रान्सफरमेसन थिङ्क ट्यांक श्रीगणेश लोकनाथन विशेष वक्ताका रूपमा रहेका छन् ।

छलफलमा युनिभर्सिटी अफ नर्थ क्यारोलिनाका प्राध्यापक नीर क्षेत्री, ब्रिटिस काउन्सिलकी शिक्षा प्रविधि प्रमुख निनाज इचापोरिया, युनेस्को नेपाल प्रमुख याको दु तोइट लगायतका विज्ञहरूले आफ्नो विचार प्रस्तुत गर्नेछन् ।

प्रकाशित मिति : २१ भाद्र २०८२, शनिबार  ७ : ५३ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको