ललितपुरमा मनाइयो इन्द्रजात्रा « Khabarhub

ललितपुरमा मनाइयो इन्द्रजात्रा


२१ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

ललितपुर – वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा, आराधना गरी मनाइने परम्परागत सांस्कृतिक पर्व इन्द्रजात्रा आज ललितपुरमा पनि सम्पन्न गरिएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो जात्रा काठमाडौँ र भक्तपुरमा ऐतिहासिक कालदेखि चलिआएको भए पनि ललितपुरमा भने पछिल्ला तीन वर्षदेखि मात्रै औपचारिक रूपमा मनाउन थालिएको हो ।

इन्द्रजात्रा सञ्चालन उपभोक्ता समिति र ललितपुर महानगरपालिका–१ को सहकार्यमा यो वर्षको इन्द्रजात्रा विविध कार्यक्रमसहित सम्पन्न गरिएको हो । ललितपुर– १ का वडाध्यक्ष निर्मल तण्डुकारका अनुसार उपत्यकाका तीनवटै सहरमा प्राचीन समयदेखि मनाइँदै आइएको यो पर्व ललितपुरमा केही समय हराएको थियो । विसं २०८१ देखि वडाले इन्द्रजात्रालाई पुनः सुरु गर्दै परम्पराको संरक्षण र प्रवर्द्धनमा सक्रिय भूमिका खेलेको उनले बताए ।

जात्राको प्रारम्भ बिहान १०८ जना कुमारीे पूजा गरेर गरिएको थियो । त्यसपछि दिउँसो २ बजेदेखि खट जात्राको परिक्रमा गरिएको थियो । सङ्कटमार्ग मन्दिर परिसरबाट सुरु भएको जात्रा गुसिङ्गाल चोक, सङ्कटा मार्ग हाइट, लिलाघर, कुमारी मन्दिर, क्याम्पियन कलेज, नानीचा चोक, गणेश मन्दिर, अमिर शिशु स्कुल, बिगमार्ट, तीन खम्बा चोक, भजन मण्डल हुँदै पुनःमन्दिर परिसरमा पु¥याएर सम्पन्न गरिएको वडाध्यक्ष तण्डुकारले जानकारी दिए।

स्थानीय बासिन्दाले जात्रा पुनः सुरु गरेर सांस्कृतिक सम्पदाको संरक्षणमा वडाले उदाहरणीय कार्य गरेको भन्दै खुसी व्यक्त गरेका छन् । यस्ता जात्राहरूले समुदायमा एकता, संस्कृति र पहिचानको संरक्षणका साथै पुस्तान्तरण गराउने स्थानीय उमेश तण्डुकारले बताए ।

आइतबार मिप्वा लाखेनाच र त्यसपछिको परिक्रमा पश्चात् यस वर्षको इन्द्रजात्रा समापन गरिनेछ । वडाध्यक्ष तण्डुकारले आगामी वर्षहरूमा इन्द्रजात्रालाई अझ भव्य र व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : २१ भाद्र २०८२, शनिबार  ८ : ३१ बजे

विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना अनुमोदन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् व्यवस्थापनलाई थप

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले