इन्द्रदहमा बिहानैदेखि दर्शनार्थीको घुइँचो « Khabarhub

इन्द्रदहमा बिहानैदेखि दर्शनार्थीको घुइँचो


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– इन्द्रजात्राको चौथो दिन भाद्र शुक्ल पूर्णिमाको दिन भक्तपुरको सिद्धपोखरीमा अर्थात् इन्द्र दहमा आइतबार बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।

इन्द्र जात्राको दिन शनिबार साँझ भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी द्यो छेंबाट बाजागाजासहित इन्द्र देवताको मूर्तिलाई विमान खटमा राखेर नगर यात्रा गर्दै सिद्धपोखरी पुर्‍याएर तान्त्रिक विधिपूर्वक पूजागरी दिपावली गर्दै रातभर मेला सुरु गरिएको हो ।

आज बिहानै इन्द्र दह अर्थात् सिद्धपोखरीमा स्नानगरी इन्द्रको पूजा गर्ने भक्तजनको घुइँचो लागेको छ । सिद्धपोखरी निर्माण गराइ देवराज इन्द्रले स्नान गरेको दहको प्रतीकका रूपमा लिने भएकाले स्थानीयले यस पोखरीमा स्नानगरी इन्द्रायणी देवीको पूजा आराधना गरेमा पुण्य प्राप्ति हुनुका साथै पारिवारिक सुख समृद्धि मिल्ने जनविश्वास रहेको छ । 

भक्तपुरका अधिकांश स्थानीयको कुल देवतासमेत रहेको सिद्धपोखरी परिसरमा लिच्छविकालीनदेखि मल्लकालसम्मका शैव, शक्ति, बौद्ध, वैष्णव, सम्प्रदायका देवीदेवताका मूर्ति रहेका छन् । 

यस पोखरीमा वासुकी नाग रहेकोसमेत जनविश्वास रहँदै आएको छ । त्यसैले पनि पोखरीमा वासुकी नागलाईसमेत पूजा गरिन्छ । जल वृष्टिका लागि तान्त्रिक विधिअनुरुप वासुकी नागको पूजा गर्ने प्रचलन रहँदै आएको छ । आजको दिन दहको पूर्वपट्टि दिशामा अवस्थित शिवलिङ्गमा जल चढाइ पिएमा घाँटी दुखेको रोग निको हुन्छ भन्ने जनविश्वास रहँदै आएको छ ।

भक्तपुरका इतिहासविद् एवं संस्कृतविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले नेपाल संवत् २१८ मा शक्तिशाली युवराजका रूपमा चिनिएका इन्द्रदेवले आफ्नो नाममा उपत्यकाकै ठूलो पोखरी निर्माण गराएका कारण यो पोखरीको नाम इन्द्र दहसमेत रहन गएको बताए । 

उनले भने, ‘इन्द्रलाई वर्षात् र युद्धको देवताका रूपमा मानिने चलन रहेको छ, भगवान् कृष्ण र इन्द्रको द्वन्द्वमा कृष्ण जनताका पक्षमा रहेको र इन्द्र राजाका पक्षमा रहेको देखाएको छ ।’

कृष्णदेखि रिसाएका इन्द्रले जनतालाई दुःख दिन ठूलो असिना, पानी पारेपछि कृष्णले गोवर्द्धन पहाड औँलाले उठाएर जनताको रक्षा गरेको दिनको सम्झनामा पनि यो जात्रा मनाइने गरेको उनको भनाइ छ । राजतन्त्रको पराजय र जनताको विजयीका रूपमा पनि यो जात्रा मनाइने गरेको उनले बताए । रासस

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  १२ : ५७ बजे

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले

उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा कालाजार (लिस्मानियासिस) का बिरामीको सङ्ख्या पछिल्ला केही

पशुपतिमा साउने सोमबारको तयारी, सफाइ अभियान सुरु

काठमाडौं– साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका लागि

कीर्तिपुर होल्डिङ सेन्टरमा प्रहरीको बाक्लो उपस्थिति, विस्थापितलाई स्मृति भवनमा सारियो (तस्बिरहरू)

काठमाडौं–  अविरल वर्षापछि आएको बाढीका कारण कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा