बैंकिङ प्रणालीमा अत्यधिक पैसा थुप्रियो, २५ अर्ब खिच्दै राष्ट्र बैंक  | Khabarhub Khabarhub

बैंकिङ प्रणालीमा अत्यधिक पैसा थुप्रियो, २५ अर्ब खिच्दै राष्ट्र बैंक 


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको बैंकिङ प्रणालीमा अत्यधिक पैसा थुप्रिएको छ । बैंकिङ प्रणालीमा कर्जा लिन जानेको संख्याक म भएपछि बैंकिङ प्रणालीमा अत्यधिक पैसा थुप्रिएको हो । 

यसरी थुप्रिएको पैसा व्यवस्थापन गर्ने राष्ट्र बैंकले पैसा खिच्ने भएको छ । राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्ने आइतबार (भदौ २२ गते) २५ अर्ब रुपैयाँ खिच्ने भएको छ । 

केन्द्रिय बैंकले २५ अर्ब रुपैयाँ मध्यान्ह ३ बजे बोलकबोलको माध्यमबाट लिने भएको छ । त्यसरी खिचिएको पैसा असोज १२ गतेसम्मका लागि राष्ट्र बैंकले ब्याज भुक्तानी गर्ने सूचनामा उल्लेख छ । 

बोलकबोल गर्दा घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  २ : ०७ बजे

रास्वपा सचिवालयको आकस्मिक बैठक बस्दै

काठमाडौं– जेन-जी पुस्ताले गरेको आन्दोलनको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी

प्रहरीको गोली र छर्रा लागेर तीन फोटो पत्रकार घाइते

काठमाडौँ- जेन-जी आन्दोलनकारीलाई रोक्ने क्रममा प्रहरीले चलाएको रबरको गोली लागेर

विदेशी मिडियाको प्राथमिकतामा नेपालको प्रदर्शन

काठमाडौं- नेपालमा भइरहेको जेनजीको प्रदर्शनलाई विदेशी सञ्चार माध्यमले पनि प्राथमिकता

काठमाडौंको जेन-जी आन्दोलन भारतीय टेलिभिजनमा प्रत्यक्ष प्रसारण

काठमाडौं– काठमाडौंमा भइरहेको जेन-जी पुस्ताको आन्दोलन भारतका मुख्य टेलिभिजनहरूले प्रत्यक्ष

बानेश्वरमा सेना परिचालन

काठमाडौं- नयाँ बानेश्वर क्षेत्रमा सेना परिचालन गरिएको छ । जेनजी